२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

असार ७ गतेसम्म कर तिर्दा जरिवाना नलाग्ने

असार ७ गतेसम्म कर तिर्दा जरिवाना नलाग्ने

काठमाडौँ – लकडाउन बीच कर तिर्न सूचना जारी गरेपछि व्यापक  दबाबमा परेकाे सरकार करकाे म्याद थप गर्न बाध्य भएकाे छ ।

लकडाउन अवधिमै जेठ २५ गतेभित्र आयकर, भ्याट लगायतका कर चुक्ता गर्न निर्देशन दिएपछि व्यवसायीहरुले उक्त निर्णयकाे व्यापक विरोध जनाएका थिए।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडाले उद्योगी व्यवसायीसँग छलफल गरेपछि सरकारले कर तिर्ने समय थपेको हो।

विपक्षी दल कांग्रेसले समेत सरकारको निर्देशनको अवज्ञा गर्न आह्वान गरेपछि सरकार निर्णयबाट पछि हट्न बाध्य भएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij