
हस्पिटालिटी क्षेत्रमा विगत २ दशक देखि संलग्न रहँदै आउनुभएका कुमार चालिसे हाल मण्डिखाटार स्थित सञ्चालित गेट कलेज (ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन)मा सेफको रुपमा कार्यरत हुनुहुन्छ । एपेन्टिस मोडलमा सन् १९९५ मा होटलमा काम गरेर होटल व्यवस्थापन सम्बन्धी काम सिक्ने अवसर ऊहाँलाई मिल्यो । विगतमा नेपालमा अध्ययनको निम्ति स्तरीय शैक्षिक संस्थाहरु नभएको कारण बेलायत, हङ्कङ, सिंगापुर, भारत लगायतमा गएर अध्ययन गर्नुपर्ने बाध्यता रहेपनि अहिले यो बाध्यता हटेको छ ।
गेट कलेजमा सञ्चालित भोकेसनल कार्यक्रमहरु
गेट कलेज छोटो अवधिका भोकेसनल कोर्षहरु सञ्चालन गर्दै आएको कलेज हो । हाल यस कलेजमा भोकेसनल कोर्षमा अध्ययन गर्ने विद्यार्थीहरु ७२ जना छन् । यस संस्थाले हाल डिप्लोमा इन कुलिनरी आर्टस् (६ महिना), डिप्लोमा इन बेकरी (६ महिना), डिप्लोमा इन हाउस किपिङ (६ महिना), सर्टिफिकेट इन वरिस्ता (१ महिना) लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । नेपालमा यी तालिम लिइसकेपछि विद्यार्थीहरुलाई १ बर्षको लागि दुवई, कतार, चीन, मौरिसस, मलेसिया, ओमन, बहराइन, अष्टे«लिया, स्वीट्जरल्याण्ड लगायतमा गएर इन्टर्नशिप गर्ने व्यवस्था समेत कलेजले गर्दै आएको छ । कतिपय अवस्थामा नेपालमा नै रहन चाहने विद्यार्थीहरुलाई नेपालकै तारे होटलहरुमा ६ महिना इन्टर्नशिपको लागि पठाउने व्यवस्था समेत छ ।
व्यावहारिक शिक्षामा जोड
विद्यार्थीले सिकेको सीप व्यावहारिक र व्यावसायिक बनाउन सकुन् भन्ने मान्यताको साथ यस कलेजलेहाल व्यावहारिक पक्षलाई विशेष जोड दिँदै आएको छ । जसले गर्दा यस कलेजमा अध्ययन गरेका विद्यार्थीहरु स्वदेश तथा विदेशमा राम्रो तवरले आफ्नो क्षमता प्रस्तुत गरी प्रतिष्ठाको साथ काम गरिरहेका छन् । स्मरण रहोस्, नेपालबाट विदेशमा इन्टर्नशिपको लागि पठाउने नेपालको पहिलो कलेज समेत यही गेट कलेज नै हो । पढाइको सिलसिलामा नेपालमा रहँदा इन्टरप्रेनरशिप विकासको लागि समेत यस संस्थाले विशेष जोड दिँदै आएको छ ।
यसकारण छ व्यावहारिक 
विद्यार्थीहरुलाई उद्यमशिलता विकास अन्तरगतस्थानीय श्रोतसाधनमा आधारित घरेलु वस्तुहरु उत्पादन गरी राम्रो आर्थिक उपार्जन गर्न सकिने वातावरण समेत यस कलेजले उपलब्ध गराइरहेको छ । साथै ती उत्पादनहरुको बजारीकरण सम्बन्धी कला सिकाउन समेत यो संस्थालेविशेष जोड दिँदै आएको छ ।
गेट कलेजमा उपलब्ध कुकरी कोर्ष
गेट कलेजले नेपालमा १ बर्षे कुकरी कोर्ष सन् २०१५ देखि सञ्चालनमा ल्याएको हो । ‘कमर्सियल कुकरी सर्टिफिकेट–३’ को नामले समेत चिनिने यो कार्यक्रम सेफ वा कुक बन्न चाहने व्यक्तिको लागि उपयुक्त कार्यक्रम हो । ४ बर्षे होटल म्यानेजनमेन्ट कोर्षको विकल्पको रुपमा रहेको यस कार्यक्रम अन्तरगत १ बर्ष अध्ययन गरी १ बर्ष काम गरेर सोही सरहको शैक्षिक डिग्री लिन सकिन्छ ।
यो तालिम लिनको लागि केही मापदण्डहरु पनि छन् । यसको लागि प्राथमिक उपचार तालिम, अग्नि सुरक्षा, अकुपेसनल हेल्थ एण्ड सेफ्टी लगायतका तालिमहरु समेत लिएको हुनुपर्छ । ‘हामीले विद्यार्थीहरुलाई यो तालिम दिने मात्र नभई किचन कसरी चलाउने, रेष्टुरेन्ट कसरी व्यवस्थित गर्ने लगायतका लाइभ स्किल शिक्षा दिएर कसरी सफल रेष्टुरेन्ट म्यानेजर बन्न आवश्यक न्यूनतम सम्पूर्ण सीप र कला सिकाउने काम गर्छौं ।’ यो तालिम व्यावहारिक पक्षमा केन्द्रित रहेको बताउँदै सेफ कुमार चालिसे भन्नुहुन्छ ।
कमर्सियल कुकरी लेभल ३ कोर्ष वास्तवमा राम्रो सम्भावना भएको कोर्ष समेत हो । नेपालमा लेभल थ्रि सम्म अध्ययन गरेपश्चात् विश्वका अन्य देशहरुबाट लेभल फोर समेत अध्ययन गर्न सकिने अवस्था छ । साथै विविएस तहको औपचारिक शिक्षामा समेत उनीहरुलाई प्रवेश गर्न पाइने अवस्था छ । नेपालमै रहेर यो कोर्ष लिने क्रममा पनि विद्यार्थीहरुले १ बर्षको अवधिमा ५० दिन विद्यार्थीहरु आफैंंले रेष्टुरेन्ट सञ्चालन गरी आवश्यक परिकार उत्पादन, व्यवस्थापन, ग्राहकसेवा लगायत आवश्यक सम्पूर्ण भूमिका निभाउनुपर्नेे निभाउनुपर्ने हुन्छ । जसले गर्दा होटल व्यवस्थापन क्षेत्रलाई अझ नजिकबाट बुझ्न सक्छन् ।
प्राविधिक शिक्षाको महत्व सम्बन्धमा चालिसेकाे अनुभव
शुरुमा काम सिक्ने क्रममा १ बर्ष भन्दा बढी समय होटलमा बिना तलब नै काम गरिसकेपछि होटलमा नै काम गर्ने अवसर पाउनुभएका चालिसेलाई मिडिल इष्ट कन्ट्रीका विभिन्न चर्चित होटलहरुमा समेत काम गर्ने अवसर प्राप्त भयो । यद्यपि कामको अनुभव र सीपको आधारमा स्तरोन्नति हुनुपर्ने भएपनि त्यसो नभएको कारण बुझ्दा औपचारिक शिक्षाको अभावले त्यसो भएको जानकारी ऊहाँलाई प्राप्त भयो । सोहीबमोजिम औपचारिक डिग्री कसरी लिने भन्ने बुझ्दै जाँदा अष्ट्रेलियामा आरपिएल कार्यक्रम सञ्चालनमा रहेको र त्यसबाट कार्यअनुभवको मूल्याङ्कन गरी समकक्षता प्रदान गर्ने थाहा पाई उक्त कार्यक्रम मार्फत स्तरोन्नति सम्भव भयो । यसैबाट ऊहाँले प्राविधिक शिक्षाको विशेष महत्व रहेको बुझ्ने अवसर पाउनुभयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij