२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

अर्चनाका ‘श्रीमान’ अवैध गाँजासहित पक्राउ परेपछि………….

अर्चनाका ‘श्रीमान’ अवैध गाँजासहित पक्राउ परेपछि………….

पोर्नस्टार अर्चना पनेरुको ‘श्रीमान’ वुल्फ प्राइस अवैध लागुऔषधसहित पक्राउ परेका छन् । बुधबार राजधानीको बलम्बुस्थित एक घरबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

२०० ग्राम गाँजासहित पक्राउ परेका प्राइसमाथि मुद्दामा म्याद दिएर अनुसन्धान सुरु गरिएको महानगरीय प्रहरी प्रमुख (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिए ।  प्राइसको साथबाट ठूलो मात्रामा ६० पकेट कण्डम र उत्तेजित बनाउने औषधी पनि प्रहरीले बरामद गरेको छ । 

त्यस्तै प्राइस बस्दै आएको घरबाट १२ वर्षीय २ बालकलाई पनि प्रहरीले उद्दार गरेको एसएसपी पोखरेलले जानकारी दिए । उद्दार गरिएको दुई बच्चा चितवनको खैरहनीबाट ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अवैध रुपमा बच्चा ल्याएर राख्ने गरेको भन्दै तीनथानामा रहेको बाल हेल्पलाइनले पनि किन ल्याएको भन्दै अनुसन्धान सुरु गरेको छ । प्रहरीले प्राइसमाथि लागुऔषध मुद्दा दर्ता गरी थप छानबिन गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij