२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

अनुदानको चामल विक्रीमा पनि अनियमितता

अनुदानको चामल विक्रीमा पनि अनियमितता

दुर्गम साईपाल गाउँपालिकामा खाद्य संस्थाले चामललगायत खाद्यन्न विक्री वितरणमा अनियमितता गरेको स्थानीयले गुनासो गरेका छन् । 

सरकारबाट ढुवानी अनुदान लिएर भित्र्याईएको खाद्यान्न संस्थाले काँडा वितरण केन्द्रले स्थानीय व्यापारीलाई बेचेको उनीहरुको आरोप छ । स्थानीय भन्छन्, हाम्रो लागि भनेर ल्याएको सबै चामल चेनपुरमै व्यापारीलाई बेचेका रहेनछन् । स्थानीयका अनुसार चामल लिन धुलीबाट एक दिन हिँडेर काँडा वितरण केन्द्र पुगेकी केउडी बोहराले भनिन् चामलका लागि तीन दिनसम्म काँडामै बस्नुपर्यो ।

त्यस्तै खाद्य संस्थानले वितरण गरेको चामल तथा पिठो मुल्य पनि तोकेभन्दा बढी असुल गरिएको स्थानीयले आरोप लगाएका छन् । संस्थानले पिठोमा ५ केजी २१०, अरुवा मसिनो चामल २५ केजीको प्रतिबोरा १ हजार ६ सय, बंगलादेशी उसिना चामल ४० केजीको प्रतिवोरा १ हजार ५१० मुल्य तोकेको थियो । आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij