२४ दिनेदेखि अनशनरत डा. गोविन्द केसीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता गर्ने भएका छन् । केसीलाई सरकारले माग पूरा गराउने भन्दै जुम्लाबाट काठमाण्डु ल्याए पनि औपचारिक वार्ता हुन सकेको छैन । 
बालुवाटार निकट स्रोतका अनुसार केसीले अनसन तोडे प्रधानमन्त्री ओली आफैंले सीधै वार्ता गर्ने सम्भावना छ । यसअघि पटकपटक सहमति भए पनि समस्याको समाधान नभएपछि प्रधानमन्त्री आफैंले डा. केसीसँग वार्ता गर्ने मनस्थिति बनाएका हुन् । यद्यपी प्रधानमन्त्री वार्ता गर्ने समय भने तोकिएको छैन ।
सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक संसदबाट फिर्ता हुनुपर्ने माग राख्दै डा.केसीले असार १६ गते जुम्लाबाट अनसन सुरु गरेका थिए ।
उनको मागप्रति बिभिन्न राजनीतिक दल, नागरिक समाज तथा पेशागत संघसंस्थाले ऐक्यवद्धता जनाएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij