२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

अक्सिजनको सहज उपलब्धता गराइदिन चिकित्सक संघको माग

अक्सिजनको सहज उपलब्धता गराइदिन चिकित्सक संघको माग

नेपाल चिकित्सक संघले कोभिड–१९ को उपचारमा खटिएका अस्पतालहरुलाई अक्सिजनको सहज उपलब्धता गराई अक्सिजन र अक्सिजन सिलिण्डर अभाव नहुने अवस्थाकोे सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

‘हाल कोभिड–१९ महामारीको उपचारमा संलग्न रहेका विभिन्न अस्पतालहरुले अक्सिजनको अभाव भई नयाँ बिरामी भर्ना गर्न नसकिएको, बिरामीलाई आफैले अक्सिजन व्यवस्था गर्नु पर्ने र अक्सिजनको अभावका कारण बिरामीहरुलाई बेडबाट खाली गर्नु पर्ने अवस्था आएको भनि  सूचना प्रेषित गरेकोमा नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ । यस गम्भीर अवस्थामा उपचारमा खटिएका अस्पतालहरुलाई अक्सिजनको सहज उपलब्धता गराई अक्सिजन र अक्सिजन सिलिण्डर अभाव नहुने अवस्थाको सुनिश्चित गर्न नेपाल चिकित्सक संघ नेपाल सरकारसंग जोडदार माग गर्दछ’, संघले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij