करिब १४ महिनाको तयारी पछि नेपाल सरकारबाट परिक्षा स्थगित भएको निर्णय लाई निम्न अनुसार स्वागत गर्दछौं ।
१. हामीले तपाईंहरुलाई न त परिक्षाको लागि मात्रै भनेर अध्यापन गरायौं न त तपाइँहरुले नै अध्ययन भनेको परिक्षा मात्रै हो भनेर बुझ्नुभो, तसर्थ हामी मिलेर स्वागत गर्दछौं ।
२. परिक्षाको मुखमा परिक्षा स्थगित हुँदा परिक्षाको तयारीमा समय थप भो भनेर खुशी प्रकट गर्ने तपाईंहरु र अझै थप तयारी गरौं भन्ने हामी शिक्षकहरुलाई यो निर्णयले केहि फरक पार्दैन, तसर्थ हामी मिलेर स्वागत गर्दछौं ।
३. करीब ३ घन्टाको बसाइँमा सकिने परिक्षाले भन्दा हामीले हाम्रा विद्यार्थीलाई राम्रो सँग मूल्यांकन गर्न सक्छौं, तसर्थ यो निर्णयलाई हामी मिलेर स्वागत गर्दछौं ।
४. आन्तरिक मूल्यांकनको नाममा जथाभावी गर्नु हुँदैन भन्ने हामी सबैले बुझेका छौं, सहि मुल्यांकन हुने नै छ, तसर्थ हामी मिलेर यस निर्णयले स्वागत गर्दछौं ।
५. अध्ययन निरन्तर प्रक्रिया हो, परिक्षा स्थगित भो भन्दैमा यो प्रक्रियालाई नरोकौं, परिक्षाको तयारीमा खर्चंदै आएको समय अन्य प्रकारका अध्ययनमा खर्च गरौं , ज्ञानको दायरा बढाउने प्रयास गरौं, औपचारिक कक्षा तत्काल सुरु नहोला तसर्थ यो हामी मिलेर स्वागत गरौं ।
६. नेपाल सरकार हाम्रो अभिभावक हो, अभिभावकको निर्णय मान्नु र पालना गर्नु हाम्रो दायित्व हो, तसर्थ हामी मिलेर स्वागत गरौं ।
७.अन्त्यमा हामीले सधैं भन्ने गरेको अध्ययन परिक्षामुखि मात्रै हुनुहुँदैन भन्ने मान्यतालाई आत्मसात् गर्दै अनन्तकाल सम्म चल्ने सिकाइ प्रक्रियामा निरन्तर लागौं । तपाइ हामी मिलेर पुनः नयाँ अध्यायको सुरुवात गराैं ।
अधिकारी तारकेश्वर स्थित युरेका हाइस्कुलका प्रिन्सिपल हुन् ।