काठमाडौँ, २ माघः बुधबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीकोे मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि प्रभाव परेको हो ।
हिजाेको तुलनामा छापावाल सुनको मूल्यमा प्रतितोला रू। ४०० रूपैयाँले बढेर आज रू। १ लाख ५५ हजार ४०० रूपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला रू। १० रूपैयाँले बढेर आज रू। १ हजार ८ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij