२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

गढीमाइ मेलाः एकैदिन १० लाखले गरे अवलोकन

गढीमाइ मेलाः एकैदिन १० लाखले गरे अवलोकन

बारा, २ माघः माघे सङ्क्रान्तिको विशेष अवसरमा  बारामा ठूलो मेला लागेको छ । मेलामा १० लाखभन्दा बढी सहभागी भएको गढीमाई सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले जानकारी दिनुभयो ।

यस वर्ष गत मङ्सिर २४ गते बलि चढाउने साइत जुटेपनि आर्थिक अभावले बलि चढाउन नसक्नेले मंगलबार बलि चढाएको मन्दिरका मुख्य पुजारी मङ्गल चौधरीले जानकारी दिनुभयो । “आज पनि श्रद्धालुले बोकाको बलि दिनुभएको छ भने केहीले परेवा उडाएर भाखल पूरा गर्नुभएको छ”, उहाँले भन्नुभयो ।

मेला मूल व्यवस्थापन समितिका महासचिव वीरेन्द्र यादवले नेपाललगायत भारतको विभिन्न ठाउँबाट आएका भक्तजन मेलामा सहभागी भएको बताउनुभयो । भारतबाट आउने भक्तजन लागि गढीमाई मन्दिरसम्म आउने नाका रक्सौल, मटियर्वा सिम्रौनगढ, गौरबाट हलुका सवारीसाधनलाई बिना शुल्क इन्ट्री गरेर मात्र सहज रुपमा मन्दिरसम्म आउने वातावरण मिलाएको थियो ।

  • रासस

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij