काठमाडाैं, १ माघः आज माघको पहिलो दिन सुनचाँदीको मूल्य घटेको छ । हिजोकाे तुलनामा छापावाला सुन आज रु. ८०० रुपैयाँ र चाँदी रु. ४० रुपैयाँले घटेको हो ।
सोमबार प्रतितोला रु. १ लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितेला रु. ८०० घटेर रु. १ लाख ५५ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै हिजो रु. १ हजार ८६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ४० रुपैयाँले घटेर प्रतितोला रु १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij