सामसुङले नेपालमा ठूलो क्षमताको २ अेाटा नयाँ एआई वाशिंग मेसिन सार्वजनिक गरेको छ ।
सामसुङ नेपालले १२ केजीसम्मको क्षमता भएकाे एआई वाशिंग मेसिन सार्वजनिक गरेको हाे । ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोबबल जस्ता अत्याधुनिक सुविधाहरू रहेको कम्पनीले दबी गरेकाे छ । सामसुङले याे नयाँ वाशिंग मेसिन नेपाली बजारमा उपलब्ध गराएको हाे ।
सामसुङको नयाँ वाशिङ स्मार्टथिंग स्एपद्वारा स्मार्टफोन मार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने भएकाले लुगा धुने प्रक्रिया सजिलो बनाउँने अपेक्षा गरेकाे छ । यसका साथै धुलाईको किसिमलाई बुझी उपयुक्त धुलाई साइकल पनि सुझाउँने सामसुङ नेपालले दबी गरेकाे छ । यसमा भएको स्पेसम्याक्स टेक्नोलोजीले सानो साइजको यो मेसिनलाई घरमा सजिलै फिट हुने र १२ केजीसम्मको लुगा सजिलै धुन सक्ने बतारएकाे छ ।
यो इनोभेटिभ डिजाइन भएकाफे भित्री ड्रमलाई ब्रिधि गरी गहिराईलाई ६००एमएममा राखेर, कुनै पनि ठाउँमा सहजै रूपमा फिट हुने गर्दछ । नयाँ वाशिङ मेसिनले स्लीक डिजाइन, सजिलो इन्टरफेस, र लुगाको सफाईलाई प्राथमिकता दिन्छ । दक्षता, दिगोपन, र राम्रो अनुभवमा केन्द्रित भएर, मेसिनले नेपालमा लन्ड्री गर्ने नयाँ तरिका प्रस्तुत गरेको छ ।
डायल कन्ट्रोल भएको WW12DG5B24AXIM र एलईडी डिस्प्ले भएको WW12DG6B24ABIM. दुइवटा फरक मोडलहरूमा उपलब्ध हुने कम्पनीले बताइएकाे छ । जसकाे मूल्य क्रमशः रु १,१४,९९० र रु १,२०,९९० निर्धारण गरेकाे छ । मेसिनलाई सामसुङ कन्ज्युमर इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा नेपाल अधिराज्यभर उपलब्ध गराउने भएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij