२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

क्रिस्टल डायग्नोस्टिक प्रा. लि मा नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरुलाई उपचारमा विशेष छुट

क्रिस्टल डायग्नोस्टिक प्रा. लि मा नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरुलाई उपचारमा विशेष छुट

नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरुलाई काठमाण्डौं स्थित सिनामंगलमा रहेको क्रिस्टल डायग्नोस्टिक प्रा. लि मा उपचार गर्दा विशेष छुट पाउने भएको छ ।

शुक्रबार नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्रिस्टल डायग्नोस्टिक प्रा. लि बिच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरुले क्रिस्टल डायग्नोस्टिक प्रा. लि मा उपचार गर्दा प्याथेलोजी ल्यावको विविध सेवाहरुमा लाग्ने सेवा शुल्कहरुमा बिल रकमको १० प्रतिशत देखि ३० प्रतिशसम्म छुट पाउने ब्यवस्था गरिएको छ ।

अब नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरु Generat pathotogy test, Molecular Test, Outsourcing Test, USG, ECHO, ECG, X-Ray, PFT, Endoscopy, Colonoscopy, RT-PCR Test, आदी जस्ता सेवाहरुबाट लावान्भित हुने बैंकले एक विज्ञप्तीमार्फत जानकारी दिएको छ ।्

सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारी र क्रिस्टल डायग्नोस्टिक प्रा. लिको तर्फबाट प्रबन्ध निर्देशक श्री रबिन्द्र के.सी ले हस्ताक्षर गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij