२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

स्टोन कार्भिङः सीप र कला महत्वपूर्ण, न्यून लगानी – धर्मराज शाक्य

स्टोन कार्भिङः सीप र कला महत्वपूर्ण, न्यून लगानी – धर्मराज शाक्य

धर्मराज शाक्य प्रबन्ध निर्देशक, अरनिको स्टोन कार्भिङ (ललितपुर औद्योगिक क्षेत्र)

नेपालमा थुप्रै व्यक्तिहरु यहाँ कुनै अवसर नै देख्दैनन् । केही व्यक्तिहरु भने साधारण ढुङ्गालाई पैसा उपार्जनको राम्रो माध्यम बनाइरहेका छन् । स्टोन कार्भिङ अर्थात मुर्तिकला भनेर चिनिने यो क्षेत्रमा संलग्न हुनको लागि अत्यन्तै साधारण लगानी आवश्यक पर्छ । बिना लगानी प्रवेश गर्न सकिने क्षेत्र भन्दा पनि फरक पर्दैन ।

कस्तो व्यवसाय हो स्टोन कार्भिङ

यो मूलतः सीपमा आधारित व्यवसाय हो । हातमा सीप भएको खण्डमा यस व्यवसायमा संलग्न हुन सकिन्छ । व्यवसाय राम्रोसँग चलाउनको लागि व्यवस्थापन क्षमता समेत भए अझ राम्रो ।

जब व्यक्तिसँग इच्छाशक्ति हुन्छ, त्यस पछि कुनै न कुनै माध्यम त्यसको प्राप्तिको लागि एक एक गरेर मिल्दै जान्छन् ।

व्यवसायको लागि न्यूनतम लगानी
उद्यमी धर्मराज शाक्यको अनुसार यस व्यवसायमा संलग्न हुनको लागि लगानी नै नहुँदा पनि हुन्छ । केवल सीप, विश्वास, सङ्कल्प आवश्यक पर्छन् । ३|४ सय रुपियाँमा पाईने साधारण ढुङ्गा र त्यसलाई काट्नको लागि साधारण केही ज्यावलहरु । यति भए काम शुरु गर्न सकिन्छ । खोला क्षेत्रमा जाने हो भने ढुङ्गा निःशुल्क रुपमा समेत पाउन सकिन्छ । काम गर्नको लागि एउटा ठाउँ लिनुपर्यो।

इच्छाशक्ति
कुनै पनि काम गर्नको लागि इच्छाशक्ति महत्वपूर्ण हुन आउँछ । दृढ सङ्कल्प जति महत्वपूर्ण गुण कुनै पनि क्षेत्रमा सफलताको लागि अर्को हुँदैन । जब व्यक्तिसँग इच्छाशक्ति हुन्छ, त्यस पछि कुनै न कुनै माध्यम त्यसको प्राप्तिको लागि एक एक गरेर मिल्दै जान्छन् ।

जीवनको कठिन क्षण र सिकेको ज्ञान
वल्र्ड क्राफ्ट काउन्सिलका पूर्व उपाध्यक्ष समेत रहेका धर्मराज शाक्य विदेशमा प्रदर्शनीमा भाग लिनको लागि गएका थिए । त्यहाँ रहँदा आफूले सोचे जस्तो व्यापार हुन सकेन । उनी आफूले लगेका मुर्तिहरु नेपालमा नै फर्काएर ल्याउन सक्ने स्थितिमा पनि थिएनन् । त्यहाँ यत्तिकै छोडेर नेपाल आउने स्थिति पनि थिएन । त्यस्तो अवस्थामा त्यहाँ स्थित राजदूतावास सम्पर्कमा आए । उनले धर्मराजको यथार्थ बुझे ।

के सल्लाह दिने भन्ने कुरा नेपाल र छिमेकी देशमा भएको अन्तर
हाम्रो छिमेकी मुलुक भारतमा जनशक्ति उत्पादनको लागि आधिकारिक तालिम केन्द्रहरु सञ्चालनमा छन् । जसबाट उत्पादन हुने जनशक्तिको वर्गिकरण समेत सजिलै हुने गर्दछ । राज्यले नै उद्योगीलाई फेसिलिएट गर्दै आएको छ ।
व्यापार मेला, प्रदर्शनी एवं प्रतिष्पर्धा र पुरष्कारलाई विशेष महत्व दिएको हुन्छ । जसबाट उत्पादकलाई अझ राम्रो गर्नको लागि प्रेरणा मिल्छ । नेपालमा भने राज्यले यस्तो प्रयत्न अहिले सम्म गरेको पाईंदैन ।

स्टोन कार्भिङ क्षेत्रको समग्र अवस्था
अहिले नेपालमा स्टोन कार्भिङ क्षेत्रमा संलग्न उद्योग व्यवसायहरु करिब १ सय २५ को हाराहारीमा हुनुपर्छ । यस क्षेत्र मार्फत हाल धेरै सङ्ख्यामा रोजगारी सृजना भएको हुनुपर्छ ।

समस्या
– नेपालमा स्टोन कार्भिङ क्षेत्रमा राज्यको तर्फबाट स्ट्याण्डर्ड मापदण्ड तयार हुन नसकेको ।
– जनशक्ति उत्पादनको लागि आधिकारिक तालिम सेवा प्रदायक भरपर्दा निकायहरु नभएको ।
– पुस्तान्तरणको माध्यमबाट सीप हस्तान्तरण दर घट्दो क्रममा रहेको ।
– उत्पादित वस्तुहरुको मूल्य निर्धारणमा समस्या हुँदा स्टोरमा रहेका वस्तुको आधारमा बैंक कर्जा प्राप्तिमा समस्या

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij