२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

नेको इन्स्योरेन्स ‘खेर नजाने यात्रा बीमा योजना’ सार्वजनिक

नेको इन्स्योरेन्स ‘खेर नजाने यात्रा बीमा योजना’ सार्वजनिक

नेको इन्स्योरेन्स लिमिटेडले विदेश यात्रा गर्ने ग्राहकहरूका लागि नयाँ यात्रा बीमा योजना ‘खेर नजाने यात्रा बीमा योजना’ सार्वजनिक गरेको छ।

यो योजनाले अन्तर्राष्ट्रिय यात्राका क्रममा हुन सक्ने अप्रत्याशित र आपतकालीन घटनाहरूको जोखिमलाई समेट्ने लक्ष्य राखेको छ।

कम्पनीले प्रस्तुत गरेको यस योजनाका प्रमुख सुविधाहरू निम्नानुसार छन्:

व्यक्तिगत दुर्घटना कवरेज: दुर्घटनाका कारण हुने चोटपटक वा मृत्युको बीमा।

 आपतकालीन उपचार र उद्धार खर्च: विदेशमा आकस्मिक उपचार र हवाइ एम्बुलेन्सको व्यवस्था।

शवको सुपुर्दगी: मृत्यु भएमा शवलाई नेपाल ल्याउने खर्च।

परिवार सदस्यको यात्रा खर्च: बीमितसँगै रहेका परिवार सदस्यको आकस्मिक यात्रा खर्च।

लगेज हराएको क्षतिपूर्ती: यात्रा क्रममा हराएको लगेजको क्षतिपूर्ति।

व्यक्तिगत दायित्व कवरेज: कानूनी समस्याहरूको समाधान।

यात्रा ढिलाइ कवरेज: यात्रा ढिलाइका कारण हुने अतिरिक्त खर्च।

विमान अपहरण कवरेज: अपहरण भएको अवस्थामा आर्थिक सहयोग।

कानूनी खर्च: विदेशमा कानूनी समस्याका क्रममा आवश्यक खर्चको व्यवस्था।

परिवारको आकस्मिक फिर्ती: घरमा परिवारको सदस्यको निधन भएमा फिर्तीको सुविधा।

यसबाहेक, बीमितले विदेश यात्रा पूरा गरेपछि पनि थप महिनौंसम्म स्वास्थ्य उपचार र दोब्बर बीमाको सुविधा प्राप्त गर्न सक्नेछन्। नेको इन्स्योरेन्सले यस योजनाबाट यात्राको सुरक्षा र सुविधा सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij