२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

एन आई सी एशिया बैंकले पायो वेष्ट इन डिजिटल बैंकिङ्ग अवार्ड

एन आई सी एशिया बैंकले पायो वेष्ट इन डिजिटल बैंकिङ्ग अवार्ड

‘0]

इण्डियन चेम्बर अफ कमर्सको ‘दोस्रो आईसीसी इमर्जिङ एसिया बैंकिङ्ग अवार्ड अन्तर्गतको वेष्ट इन डिजिटल बैंकिङ्ग अवार्ड एन आई सी एशिया बैंकले प्राप्त गरेको छ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप यस बैंकले आफ्नो सम्पूर्ण बैंकिङ्ग सेवाहरूलाई क्रमिक रूपमा डिजिटल माध्यममा रुपान्तरण गर्दै आइरहेको छ। यो पुरस्कारले डिजिटल बैंकिङ्गमा यस बैंकलाई थप उत्प्रेरणा प्रदान गरेको छ।

दोस्रो आईसीसी इमर्जिङ एसिया बैंकिङ्ग अवार्ड अन्तर्गत २०२४ अगष्ट २३ मा भारतको नयाँ दिल्लीमा आयोजना गरिएको ‘बैंकिङ्ग कनक्लेभ २०२४’ कार्यक्रममा यस बैंकलाई उक्त अवार्ड प्रदान गरिएको थियो। यस अवार्डको प्रतिस्पर्धामा विमस्टेक अन्तर्गतका राष्ट्रहरु नेपालसहित भारत, श्रीलंका, भुटान, म्यानमार लगायतका देशका बैंकहरूले भाग लिएका थिए। विभिन्न आठ विधामा प्रतिस्पर्धा गर्दै नेपालबाट यस बैंकले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो।

अवार्ड चयनको लागि इण्डियन चेम्बर अफ कमर्स अन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले १७ वटा सूचकहरू निर्धारण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij