काठमाडौं । मिस यूनिभर्स नेपाल २०२४ को लागि यसपटक नेपालका विभिन्न जिल्लामा गरिएको अडिसनबाट २५ जना प्रतियोगी अन्तिम चरणका लागि छनौट भएका छन् । अडिसनमा सहभागी ६० प्रतियोगीहरूमध्ये २५ जना अन्तिम प्रतिस्पर्धाको लागि चयन गरिएको आयोजक आलोक क्षत्रीले जानकारी गराएका छन् । यो प्रतियोगिताको बिजेताले नेपालको प्रतिनिधित्व गर्दै मिस युनिभर्समा भाग लिनेछिन् ।
ग्लोबल ग्ल्यामर भेन्चरद्धारा आयोजित यो प्रतियोगितामा अविवाहितसँगै ट्रान्सजेन्डर, विवाहित, गैरआवासीय नेपाली महिला तथा सुन्न नसक्ने प्रतियोगी पनि चयन भएका छन् । जसमा डाक्टर, इन्जिनियर, पाइलट, चित्रकार, कलाकारलगायत विभिन्न पेशाका प्रतियोगीहरु छन् ।
अन्तिम प्रतिस्पर्धीमा सम्पदा घिमिरे, छोतेन फुन्ट्सो, श्रीयङ्का थापा, अनुष्का वस्ती, सुजल बम, नेहा चौधरी, मनिषा परियार, स्मृति सिंह, एलिना गुरुङ, रेनाता कट्टेल, तुलसा नेपाल, नियुक्ती अर्जाल, ऋतिषा मानन्धर, पूजा बाँस्तोला, खुसी दुत्तराज, आयुषा कार्की, अस्मि ढकाल, शिवानी कर्ण, गजल कर्ण, करेन मुर्रे, संयुक्ता मल्ल, अक्षिता क्षत्री, नितु पुन, ताशी गुरुङ र समृद्धि केसी रहेका छन् । उनीहरुलाई आइतवार बेलुका काठमाडौंमा एक समारोहबचि आयोजक संस्थाकी सिईओ संगीता पुरी र कोरियोग्राफर दिक्पाल कार्कीले स्यास प्रदान गरे । यी मध्य बोल्न र सुन्न नसक्ने प्रतियोगी सुजल बम हुन् ।
कार्यक्रममा डिना उपाध्यायले सात दशक पार गरेको मिस युनिभर्सले नारी ससक्तीकरणमा विश्वभर आबाज उठाएको बताईन् । नेपालले मिस युनिभर्समा भाग लिन पाउनु सुख्द खबर भएको भन्दै उपाधि हाँसिल गर्नु शुभकामना दिइन् ।
यी शीर्ष २५ प्रतिस्पर्धीहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय इमेज कन्सल्ट्यान्ट एवम् पेजेन्ट कोच एलेक्जेन्डर गोन्जालेज र पेजन्ट एनलिस्ट लुइस पोर्तेलिसले प्रशिक्षण दिने कार्यक्रममा जानकारी गराईयो । उनीहरुलाई दिक्पाल कार्कीले कोरियोग्राफी गर्नेछन् । मिस यूनिभर्स नेपाल २०२४ को ग्रान्ड फिनाले आगामी भदौको अन्तिम साता हुनेछ । विजेताले कात्तिकमा मेक्सिकोमा हुने मिस यूनिभर्स २०२४ मा १०० देश भन्दा बढी दशेका प्रतिस्पर्धिहरुसँग प्रतिस्पर्धा गर्नेछिन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij