२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

प्रधानमन्त्रीमा ओलीको दाबी पेस

प्रधानमन्त्रीमा ओलीको दाबी पेस

 

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन्।

शुक्रबार साँझ नै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए। सोही आव्हान बमोजिम ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गरेका छन्।

प्रधानमन्त्रीमा दावी पेश गर्न ओली कांंग्रेस सभापति शेरबहादुर देउवालाई लिएर राष्ट्रपति कार्यालय शितलनिवास पुगेका थिए।

ओलीले संसद्‌को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन्।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत माग्दै राखेको प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि संसद् सचिवालयले दाहालले विश्वासको मत लिन नसकेको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको थियो लगत्तै राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका विषयमा कानुनविद्‌हरुसँग छलफल गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij