२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

एनआइसी एसिया बैंकले पोखराबाट उद्घाटन गर्‍यो मास्टरकार्ड सेवा 

एनआइसी एसिया बैंकले पोखराबाट उद्घाटन गर्‍यो मास्टरकार्ड सेवा 

काठमाडाैं ।  एनआईसी एशिया बैंकले पोखराबाट मस्टरकार्ड डेबिट कार्डको शुरुआत गरेको छ । योसँगै अब पस टर्मिनल र एटीएममा अब मास्टर डेबिट तथा क्रेडिट कार्डको प्रयोग गर्न सकिने भएको छ । अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टरकार्डसँगको सहकार्यमा सो सुविधा थप गरिएको कम्पनीका गण्डकी प्रमुख दीपेन्द्र शर्माले जानकारी दिए ।

उनका अनुसार यो सेवापछि कारोबार सुरक्षित हुने छ ।  यसबाट हाम्रो सेवालाई अझै सुरक्षित र सहज बनाउने छ । सेवाग्राहीले विना झन्झट सेवा लिन पाउनेछन्’, उनले भने, ‘हाम्रो लागि पनि यो महत्त्वपूर्ण र ठुलो उपलब्धि हो ।’

यसबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेको मास्टर डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी ग्राहकले एनआइसी बैंकको पस टर्मिनलमार्फत भुक्तानी गर्न तथा एटीएम मेसिनबाट नगद निकाल्न र मौज्दात सोधपुछको सुविधा लिन सकिन्छ । मास्टरकार्ड इन्डियाका प्रतिनिधि पवन शेखले मास्टरकार्ड ग्लोबल टेक्नोलोजीको रुपमा विकास भएको बताए । ‘यो ग्लोबल टेक्नोलोजी हो । यसले सेवाहरू सहज र सुरक्षित हुनेछ’, उनले भने, ‘नेपालमा यसको शुरुआत गर्न पाएकोमा खुसी लागेको छ ।’

किन पोखराबाट लन्च भयो ?

पोखरालाई सरकारले पर्यटनको राजधानी घोषणा गरेका कारण बैंक पोखरा आएको हो । त्यसो त यसको नेपाल, भारत र भुटानमा सहज प्रयोग गर्न सकिन्छ । बैंकले बजारमा भिसा कार्ड प्रचलनमा ल्याएको छ । ‘मास्टर काठमाडौंबाट लन्च गर्न सक्थ्यौं । पोखराबाट लन्च गर्दा पर्यटकलाई जानकारी होला भनेर यता आएका हौं’, गण्डकी प्रमुख शर्मा भन्छन्, ‘हामीले फोकस गरेको पर्यटकलाई नै हो ।’

कम्पनीका डिजिटल बैंकिङ प्रमुख नरेन्द्र उप्रेतीले पनि पर्यटकलाई लक्षित गरिएकोले पोखराबाट उद्घाटन गरिएको बताएका छन् । ‘यो कार्ड अमेरिकन र यूरोपियन पर्यटकले बढी प्रयोग गर्छन् । सबैतिरबाट आउने पर्यटकलाई प्रयोग गर्न सहज हुने भएकोले यहाँबाटै लन्च गरिएको हो’, उनले भने, ‘पोखरालाई सरकारले पर्यटन राजधानी घोषणा गरेकोले पनि यहाँ हामी उपस्थित भएका हौं ।’

नेपालमा मास्टर कार्ड प्रयोगकर्ताको सङ्ख्या बढ्दो क्रममा रहेको र खासगरी होटल, रेष्टुरेन्ट, पर्यटनजस्ता सेवामूलक क्षेत्रमा मास्टरकार्ड प्रयोगकर्ताको सङ्ख्या धेरै भएकोले मर्चेन्ट भुक्तानी सेवामा थप टेवा पुर्‍याएको कम्पनीले बताएको छ ।

कम्पनीले देशभर ३१९ शाखा कार्यालय ४६१ एटीएम, १०८ वटा एक्स्टेन्सन काउन्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत सेवा दिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij