२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

नेशनल लाईफले सम्पन्न गर्याे “नेशनल रत्न अवार्ड” कार्यक्रम

नेशनल लाईफले सम्पन्न गर्याे “नेशनल रत्न अवार्ड” कार्यक्रम

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
 काठमाडाैँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिको ‘नेशनल रत्न अवार्ड’ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल बागमती प्रदेशका करिब ३५ जना अभिकर्ताहरुलाई सम्मान गर्नुभएको छ ।

प्रमुख कार्यकारी अधिकृत खत्रीले पानसमा दीप प्रज्वलन गरी शुभारम्भ गर्नुभएको सो समारोहमा सहभागी अभिकर्ताहरुलाई कम्पनीको उपप्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेलले उत्प्रेरणा तालिम प्रदान गर्नुहुँदै कम्पनीले अभिकर्ताहरुको वृत्ति विकासका लागि ल्याउने हरेक योजनाहरुको छुट्टा-छुट्टै महत्व हुने भएकोले यस्ता योजनाहरुमा छनौट हुनका लागि व्यवसायिक कार्यनीति बनाउनुपर्ने बताउनुभयो ।

समारोहमा नेशनल रत्न विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गर्नुहुँदै प्रमुख कार्यकारी अधिकृतज्यूले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको र कम्पनीमा बीमा गर्ने बीमितहरुलाई उच्च प्रतिफल दिन सफल हुनुमा अभिकर्ता संजालको महत्वपूर्ण भूमिका रहने भएकोले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री एवं व्यावसायिक बनाउन थप लगानी गर्दै गईरहेको बताउनुभयो ।

ऊहाँले नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लैजाने कम्पनीको योजना अनुसार काठमाडाैँ बागमती प्रदेशका अभिकर्ताहरुबाट सम्मान गरिएको बताउनुभयो । साथै ऊहाँले यसभन्दा अगाडी इटहरीमा कोशी र मधेश प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिसेकेको र अन्य प्रदेशका बाँकी अभिकर्ताहरुलाई पनि छिट्टै नै सम्मान गरिने व्यहोरा जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सहित उपप्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेल, प्रबन्धक विवेक शर्मा, सहायक प्रबन्धक सुष्मिता राणा, एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणा, बागमती प्रदेश प्रमुखद्बय जयराम धिताल, घनश्याम रिमाल लगायत विभिन्न शाखा कार्यालयहरुबाट शाखा प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij