२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

सफलता प्राप्तिका १० महत्वपूर्ण बुँदाहरु

सफलता प्राप्तिका १० महत्वपूर्ण बुँदाहरु

 

  • सपना

  • दृढ संकल्प

  • क्षमता विकासमा लगानी

  • रचनात्मक योजना र रणनीति

  • परिश्रमले मात्रै पुग्दैन

  • लक्ष्य प्राप्ति नभएसम्म अविचलित लागिरहने हिम्मत

  • जीवनका हरेक परिक्षामा सफल हुने आँट

  • जाेखिम वहन क्षमता

  • फराकिलो सोच र दृष्टिकोण

  • कार्य र निश्चित प्रणाली विकास

 

१. पहिले त पृथक सपना देख्न सक्नुपर्यो ।

२. सपना देखेर मात्रै सफल भईंदैन । दृढ संकल्प सहित आफ्नो योजनामा अघी पनि बढ्नुपर्यो ।

३. आफू माथि अर्थात् आफ्नो ज्ञान, सीप, बौद्धिक क्षमता अभिवृद्धि, तालिम, पुस्तक अध्ययन, चिन्तन लगायतको लागि पनि लगानी त अवश्य गर्नुपर्यो ।

४. आफ्नै रुचि बमोजिमको अलग्गै आइडिया पहिचान गर्न सके राम्रो । त्यो सम्भव नरहे वस्तुस्थितिलाई राम्ररी यकिन गरेर आफू संलग्न हुन चाहेको क्षेत्रमा कसरी अघी बढ्ने भन्ने रणनीति तय गर्नुपर्यो ।
किनकि अर्को एक जना व्यक्ति एउटा क्षेत्रबाट सफल बन्यो भन्दैमा आफू पनि त्यही क्षेत्रबाट नै सफल भईन्छ भन्ने हुँदैन । बिना रणनीति संलग्न हुँदा हामी प्रतिष्पर्धामा धेरै अघी बढ्न सक्दैनौं । साथै साधारण कठिनाई आउँदा पनि हामी विचलित हुन पुग्छौं ।

५. अधिकांश व्यक्तिहरु कडा परिश्रमबाट सफल हुन सकिन्छ भन्ने मान्यता राख्छन् । तथापि ठूलो सफलताको लागि कडा परिश्रम मात्रै एक मात्र उपाय वा तरिका होइन ।
कडा परिश्रमलाई उद्देश्य, योजना, रचनात्मक क्षमता लगायतसँग तालमेल मिलाउनुपर्छ । तब मात्र सफल भइन्छ ।

६. अधिकांंश मानिसहरु आवश्यक मेहनत त गर्छन् तर सफलता प्राप्त हुनै लाग्ने समयमा अर्थात् आफू सफल बन्न थोरै मात्र दूरी बाँकि रहने समयमा त्यस कामबाट नै बाहिरिन पुग्छन् । यस्ता व्यक्तिहरु सफल हुन नसक्नुमा भाग्य, समय वा परिस्थिति वा कुनै व्यक्तिलाई दोष दिन्छन् ।

७. सफलताले हामीलाई पटक–पटक परिक्षा लिन्छ । ठूलो सफलता प्राप्त हुनुपूर्व हामी माथि त्यस्तै ठूलो परीक्षण गरिन्छ । त्यो वास्तविक जीवनको परिक्षालाई हामीले कसरी सामना गर्छौं भन्ने आधारमा नै हामी आफ्नो लक्ष्य र व्यावहारिक जीवनमा सफल हुने–नहुने भन्ने कुरा निश्चित गर्दछ ।

८. हामी सफल बन्न चाहेर मात्र हुँदैन । हरेक जोखिम वहन गर्न सक्ने क्षमता पनि चाहिन्छ । साँच्ची सफल बन्ने हुटहुटी छ भने सफलता प्राप्ति पूर्व सामना गर्नुपर्ने हरेक बाधाअवरोध, राप र चाप सहन गर्न पनि सक्नुपर्दछ । किनकि हजारौं कोइला मध्येबाट त्यही कोइला हिरामा बदलिन सफल हुन्छ, जसले सबैभन्दा बढी ताप र चाप सामना गरेको हुन्छ ।

९. सफलता प्राप्तिको लागि दृष्टिकोण र आत्मविश्वासको भूमिका पनि महत्वपूर्ण हुन्छ । हामी जति ठूलो उचाईमा उक्लने योजना बनाउँछौं । हामीलाई त्यत्ति नै फराकिलो सोच, ठूलो शाहस र धेरै आत्मविश्वास आवश्यक पर्छ । स्पष्ट याेजना र दृष्टिकोणले हाम्रो सफलताको लागि आवश्यक पर्ने समयावधि समेत घटाइदिन्छ ।

१०. कार्य सफलताकाे लागि निश्चित प्रणाली विकासमा जुट्नुपयो । सोच र योजनालाई सार्थक बनाउने महत्वपूर्ण कदम नै प्रणाली विकास हो । जसबाट हामी साँच्चै आफ्नो सोच बमोजिमको लक्ष्यको दिशामा अघी बढ्न सक्छौं ।

– कमल पन्थी

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij