२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ  निर्वाचित

महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ  निर्वाचित

काठमाण्डौं । उर्मिला श्रेष्ठ नेपाल महिला चेम्बरको अध्यक्षमा चयन हुनुभएको छ। कमलेश अग्रवाल नेतृत्वको नेपाल चेम्बर अफ कमर्शले बुधबार उहाँलाई पुन सो जिम्मेवारी दिएको हो । श्रेष्ठ नेपाल महिला चेम्बरको अघिल्लो कार्यसमितीको समेत अध्यक्ष हुनुहुन्थ्यो ।

नेपाल महिला चेम्बरलाई गतिशिल बनाई देशमा महिला उद्यमशिलता प्रबर्द्धन गर्ने सवालमा श्रेष्ठले महत्वपूर्ण योगदान पुर्याउदै आउनु भएको छ । उहाँको अघिल्ला नेतृत्वकाल निकै सफल मानिन्छ ।

उर्मिला श्रेष्ठ नेपाल चेम्बर अफ कमर्शको उपाध्यक्ष हुनुहुन्छ । हालसालै मात्र सम्पन्न चेम्बरको ७३ औ साधारण सभाले उहाँलाई चेम्बरको उपाध्यक्षमा निर्वाचित गरेको थियो । यस अघि उहाँ ७० औं साधारण सभाबाट उपाध्यक्ष र नेपाल चेम्बरको कार्यकारीणी सदस्य हुनुहुन्थ्यो । उर्मिला श्रेष्ठ नेपाल चेम्बर अफ कमर्शको ७० बर्षको ईतिहासमै पहिलो पटक महिला मध्येमा प्रथम पटक उपाध्यक्ष जस्तो उच्च मुकाममा पुग्न सफल हुँदै ईतिहास रच्न समेत सफल हुनुभएको थियो ।

उहाँ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको  सिईओ समेत रहँदै आउनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij