२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

चालु आवको राजश्व दोब्बर बनाउन अर्थमन्त्रीको निर्देशन

चालु आवको राजश्व दोब्बर बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडाैं। अर्थमन्त्री वर्षमान पुनले राजश्व वृद्धिका लागि भन्सारको चुहावट रोक्ने कार्ययोजना बनाएको बताएका छन् । उनले भन्सार नाकामा समस्या रहेको स्वीकार गर्दै भन्सार बिन्दुमा नै सुधार ल्याउने गरी काम अघि बढेको दाबी गरे ।

अर्को महिनादेखि भन्सारमा सुधार भएको महसुस गर्ने अवस्था आउने दाबी उनको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा विहिबार अर्थमन्त्री पुनले सांसदले उठाएका प्रश्नको जवाफ दिँदै आफूले सुरु गरेका कामको बारेमा जानकारी दिएका हुन् ।

अर्थमन्त्री पुनले आन्तरिक राजश्व सङ्कलनमा पनि सुधार र परिवर्तन ल्याउने प्रतिबद्धता जनाए । ४० प्रतिशत भन्दा बढी राजश्व वृद्धिको लक्ष्य भए पनि ९ प्रतिशतको हाराहारीमा मात्रै वृद्धि देखिएको बताए । उनले नेपाल दुई ठुला अर्थतन्त्र भएका देशको बिचमा रहेकाले करिब १७ सय किलोमिटर खुला बोर्डर रहेको बताए। खुला नाका भएकाले भन्सारमा समस्या आइरहेको धारण राखे। भन्सारका समस्या मान्छेको नियत भन्दा पनि क्षमता नपुगेको अर्थमन्त्रीको दाबी थियो।

अर्थमन्त्री पुनले सरकारको संरक्षण कम भए पनि कृषिलाई सरकारले संरक्षण गर्नुपर्ने देखिएको बताए। हरेक वर्ष ६० अर्ब बराबरको मल किसानलाई अनुदान दिनुलाई सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएको बुझ्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij