२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

४ खर्ब निक्षेप सङ्कलन गर्न बैंकहरू सफल

४ खर्ब निक्षेप सङ्कलन गर्न बैंकहरू सफल

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले ७ महिनामा झण्डै ४ खर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को माघसम्म बैंकहरूको निक्षेप ७ प्रतिशत बढेर ३ खर्ब ९७ अर्ब २० करोड संकलन गरेका हुन् । गत वर्षको सोही अवधिमा बैंकहरूले २ खर्ब ५३ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

वार्षिक बिन्दुगत आधारमा माघसम्म बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.४ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ । कुल निक्षेपमा चल्ती निक्षेपको अंश ६.२ प्रतिशत, बचतको अंश २७.४ प्रतिशत र मुद्दती निक्षेपको ५९.८ प्रतिशत हिस्सा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चल्ती अंश ७.८ प्रतिशत, बचत अंश २५.८ प्रतिशत र मुद्दती निक्षेपको ६०.१ प्रतिशत रहेको थियो । साथै, कुल निक्षेपमा संस्थागत निक्षेपको अंश अघिल्लो वर्ष ३६.६ प्रतिशत रहेकोमा गत माघसम्म ३६.४ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले निजी क्षेत्रमा कर्जा प्रवाह ४.१ प्रतिशत बढाएर १ खर्ब ९७ अर्ब २१ करोड रुपैयाँ गरेका छन् । गत वर्षको सोही अवधिमा १ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । वार्षिक बिन्दुगत आधारमा माघसम्म मा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ४.७ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।

निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.५ प्रतिशत र ३५.५ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij