२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

ग्लोबल मनी विकमा सरोकारवालालाई शेयर सचेतना कार्यक्रम सञ्चालनकाे लागि आग्रह

ग्लोबल मनी विकमा सरोकारवालालाई शेयर सचेतना कार्यक्रम सञ्चालनकाे लागि आग्रह

 

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले ग्लोबल मनी विकमा सप्ताहव्यापी शेयर सचेतना कार्यक्रम सञ्चालन गर्न सरोकारवालाहरुलाई आह्वान गरेको छ।

धितोपत्र बोर्डले एक सूचना जारी गर्दै ग्लोबल मनी विकसअन्तर्गत आउँदो चैत ५ गतेदेखि ११ गतेसम्म बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र बजार सञ्चालक र व्यवसायीहरुलाई शेयर सचेतना कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको हो।

सप्ताहव्यापी रुपमा देशभर लगानीकर्ता शिक्षा तथा सचेतना, निबन्ध प्रतियोगिता, क्यापिटल मार्केट क्विजलगायतका विविध कार्यक्रम सञ्चालन गरी ग्लोबल मनी विक भव्यताका साथ मनाउन धितोपत्र बोर्डले आग्रह गरेको छ।

ग्लोबल मनी विकका अवसरमा नेपालको धितोपत्र बजारमा संलग्न ६२ लाखभन्दा बढी डिम्याट खाता, २१ लाखभन्दा कारोबार खाता खोलेका लगानीकर्ताका साथै भविष्यमा बजार प्रवेश चाहने सर्वसाधारणलाई वित्तीय साक्षरता (पुँजी बजार) सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गर्न धितोपत्र बोर्डले आग्रह गरेको छ।

सन् २०१२ देखि बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ अर्गनाइजेसन अफ इकोनोमिक कर्पोरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी) को संयोजनमा हरेक वर्ष विश्वभर ग्लोबल मनी विक मनाउने गरिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij