
सोमबार सर्किट ब्रेक लागेको नेप्से परिसूचकमा मंगलबार उच्च अंकको गिरावट आएको छ। सोमबार ११७ अंकले बढेको नेप्से मंगलबार ७०.३१ अंकले घटेर दुई हजार ७.६९ विन्दुमा झरेको छ।
नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्समा पनि आज तीन प्रतिशतभन्दा धेरैको गिरावट आएको छ।
नेप्सेका १३ उपसमूहमध्ये आज म्युचल फन्ड ०.६६ प्रतिशतले बढ्दा बाँकी सबै उपसमूह घटेका छन्। जलविद्युत्, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको सूचक चार प्रतिशतभन्दा धेरैले गिरावट हुँदा बैंक, विकास बैंक, होटेल तथा पर्यटन, लगानी र जीवन बिमा तीन प्रतिशतभन्दा धेरैले घटेका छन्।
मंगलबार तीन सय १६ कम्पनीका एक करोड १४ लाख ६७ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा चार अर्ब ११ करोड ३७ लाख ७६ हजार रुपैयाँबराबरको कारोबार भएको छ। पछिल्ला दिनको तुलनामा कारोबार रकममा भने सुधार भएको छ। यसअघि दुई अर्ब आसपासको कारोबार हुँदै आएकोमा सोमबार सर्किट ब्रेक लाग्दा ३७ करोड ३७ लाखबराबरको मात्रै कारोबार भएको थियो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij