
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशसरण महतले अघिल्लो सरकारले जथाभावी शिलान्यास गर्ने तथा विभिन्न आयोजना घोषणा गर्ने गरेका कारण अहिलेको सरकारलाई दबाब परेको बताएका छन् । ललितपुरमा आयोजित कार्यक्रममा उनले देशको आर्थिक अवस्थामा सुधार भइरहे पनि अघिल्लो सरकारले जथाभावी शिलान्यास र घोषणा गरेका कार्यक्रममा स्रोत जुटाउन कठिन भइरहेको बताए । ‘
अघिल्लो सरकारले स्रोतको सम्भावब्यता पहिचानै नगरी जथाभावी कार्यक्रम घोषणा गरेका कारण स्रोत जुटाउन सरकारलाई दबाब परेको छ,’ उनले भने, अहिलेको सरकारलाई यो दबाबका बिच काम गर्नुपरिरहेको छ ।’
उनले राजश्व संकलन सरकारको लक्ष्य अनुसार नभए पनि पहिलेको तुलनामा बढेको, यो सरकार गठन भइकन शेयर बजारमा ३ सय अंकको सुधार आएको र अन्य आर्थिक सूचकहरुमा पनि उल्लेख्य सुधार आएको भन्दै अब आर्थिक सुधारमा ध्यान दिनुपर्ने बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij