२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

डिजिटल वित्तीय कारोबार गर्दा सजगता अपनाउन राष्ट्र बैंकको आग्रह 

डिजिटल वित्तीय कारोबार गर्दा सजगता अपनाउन राष्ट्र बैंकको आग्रह 

 

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय कारोबार गर्दा सजगता अपनाउन सचेत गराएको छ।

वित्तीय चेतनाका लागि सचेतनामूलक सन्देश जारी गर्दै केन्द्रीय बैंकले डिजिटल वित्तीय करोबारमा अनलाइन ठगीको जोखिम रहने हुँदा जुनसुकै कारोबार गर्दा अत्यन्तै सावधानीका साथ रकम प्राप्त गर्ने व्यक्तिको विवरण यकिन गरेरमात्र कारोबार गर्न आग्रह गरेको हो।

विभिन्न निकायका उच्च पदस्थ व्यक्ति तथा संस्था प्रमुखहरुका नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सएप, भाइबर, मेसेन्जर आदिमा अकाउन्ट बनाई वा ई–मेल आईडी खोली ठगी गर्ने उद्देश्यले विभिन्न बहानामा रकम पठाइदिन सन्देश पठाउने गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ।

आफ्ना चिनजानका व्यक्ति वा उच्च पदस्थ व्यक्तिले सहयोग मागेको जस्तो वा कुनै आग्रह गरेजस्तो देखिने भएकोले यस्ता सन्देशको विश्वास गरी वित्तीय कारोबार गर्नुपूर्व सजग भई सम्बन्धित व्यक्तिसँग सोधपुछ गरेर यकिन भएपछि मात्र वित्तीय कारोबार गर्ने बानी बसाल्न पनि केन्द्रीय बैंकले आग्रह गरेको छ। यस्ता ठगी गर्ने व्यक्तिको बहकाउ वा लोभलालच वा झुटो कुरामा विश्वास नगर्न पनि राष्ट्र बैंकले सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij