
नेपाल बैंकको सीइओको लागि पाँच जनाको नाम सर्टलिस्टमा परेको छ ।
आवेदन दिएका १९ जना मध्येबाट शैक्षिक योग्यता, कार्य अनुभव, र व्यवसायिक कार्य योजनाको मुल्यांकनको आधारमा ५ जनाको नाम सर्ट लिस्ट गरिएको सिफारिस समितिले जनाएको छ।
सर्ट लिस्ट हुनेमा अशोक कुमार पौडेल, तिलक राज पाण्डेय, ध्रुब चन्द्र गौतम, लक्ष्मण पौडेल, र समता पन्त (भट्ट) रहेका छन् । अब यी ५ जनाले व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण दिनु पर्ने छ भने त्यसपछि अन्तर्वार्ता हुने छ ।
पुस ४ गते बुधबारको लागि प्रस्तुतीकरण र अन्तर्वार्ताको समय तोकिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij