२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

दश प्रकारका औषधि उत्पादनमा प्रतिबन्ध (सूचीसहित) 

दश प्रकारका औषधि उत्पादनमा प्रतिबन्ध (सूचीसहित) 

औषधि व्यवस्था विभागले विभिन्न दश प्रकारका औषधि उत्पादनमा प्रतिबन्ध लगाएको छ ।

विभागले सूचना जारी गर्दै औषधि मूल्याङ्कन समितिबाट प्राप्त रायअनुसार दश प्रकारका औषधिको उत्पादनमा प्रतिबन्ध लगाइएको जनाएको छ ।

विभागले लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान ५ एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी,लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २.५ एमजी, मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ८५० एमजी हाललाई उत्पादनमा रोक लगाइएको हो।

विभागले औषधि सल्लाहकार समितिबाट सिफारिस प्राप्त नहुँदा सम्मको लागि नयाँ उत्पादन नगर्न र बजारमा बिक्री वितरण भइरहेको ब्राण्ड समेत थप उत्पादन नगर्न निर्देशन दिएको छ। यी औषधिहरु नेपाली कम्पनीबाट उत्पादित औषधिहरू हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij