२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

फर्स्ट माइक्रोफाइनान्सको कुल लाभांश १५ प्रतिशत

फर्स्ट माइक्रोफाइनान्सको कुल लाभांश १५ प्रतिशत

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संसथाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनिहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

संस्थाको मंसिर १३ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब १४ करोड ७७ लाख ४५ हजार ९५६ रुपैयाँको ७.५ प्रतिशतले हुन आउने ८ करोड ६० लाख ८० हजार ९४६ रुपैयाँबराबरको बोनस शेयर र करसहित ७.५ प्रतिशतले नै हुन आउने ८ करोड ६० लाख ८० हजार ९४६ रुपैयाँबराबरको नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij