२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

बजारमा चिनीको कृत्रिम अभाव सृजना, मूल्यमा अस्वभाविक वृद्धि  

बजारमा चिनीको कृत्रिम अभाव सृजना, मूल्यमा अस्वभाविक वृद्धि  

Sack with pure sugar on table

 

काठमाडौ । चिनीको कृत्रिम अभावका कारण बजारमा अस्वाभाविक रूपमा चिनीको मूल्यवृद्धि भएको छ।

कृत्रिम अभावले बजारमा चिनीको मूल्यप्रति किलो १ सय ६० रुपैयाँसम्म पुगेको उपभोक्ताको गुनासो छ। व्यापारीले चाडपर्वको मौका छोपेर भाउ बढाइरहेका छन् ।

मुख्य चाडपर्व आउन लागेका बेलामा बजारमा भइरहेको यस्तो अभाव र मूल्यवृद्धिप्रति सरकारले ध्यान नदिएको उपभोक्ताको गुनासो छ।

बजारमा चिनीको अभाव सिर्जना भएपछि सुपथ मूल्य पसलमा भीड बढेको छ। साल्ट ट्रेडिङले किलोको ९७ रुपैयाँमा बिक्री गरिरहेको छ । सुपथ मूल्य पसलमा भने पालो पाउनै मुस्किल छ।

व्यापारीहरू चाहिँ बजारमा देखिएको अभाव कृत्रिम नभइ वास्तविक नै भएको दाबी गर्छन् र यस्तो अभाव आउनुमा सरकारको दोष रहेको बताउँछन्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij