ख कार्यकारी अधिकृत, गोल्डनगेट इन्टरनेशनल कलेज
विद्यार्थीलाई त्यस्ता विषय अध्ययनका लागि विदेश पठाउनुपर्छ, जुन विषयमा नेपालमा अध्ययन गराईंदैन, त्यस्तो विषय अध्ययनको लागि विदेशमा जानु स्वभाविक हुन्छ । पूर्ण छात्रवृत्तिमा अध्ययनको लागि जाने हो भने त्यसलाई पनि हामीले राम्रो मान्नुपर्छ । बाहिर पढ्न जाँदा त्यहाँको विश्वविद्यालय नेपालको विश्वविद्यालयको तुलनामा र्याङकिङमा माथि छ वा तल छ भन्ने कुरा अवश्य पनि विचार गर्नुपर्छ । नेपालमा भविष्य छ भन्ने कुरा आशा नजगाई नेपालमा युवाहरुलाई रोक्न सम्भव छैन ।

शैक्षिक संस्था सञ्चालन गरेर मात्र हुँदैन, ती शैक्षिक संस्थामा पढ्न तयार हुने विद्यार्थी पनि चाहिन्छ । यसकारण हामीले राम्रो वातावरण निर्माणको लागि लविङ गर्दै आएका छौं । हाम्रो प्रयाश स्वरुप अहिले सबै विश्वविद्यालयले क्यालेण्डर अनुसार नै शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने सम्बन्धमा माथिल्लो निकाय सकारात्मक देखिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij