२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

गभर्नर र धितोपत्र बोर्ड अध्यक्षबीच भेटवार्ता, १२ करोडको सेयर कर्जा सीमाबारे छलफल

गभर्नर र धितोपत्र बोर्ड अध्यक्षबीच भेटवार्ता, १२ करोडको सेयर कर्जा सीमाबारे छलफल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालबीच भेटवार्ता भएको छ ।

भेटवार्तामा सेयर धितो कर्जामा लगाइएको १२ करोडको सीमा, भेञ्चर क्यापिटल तथा प्राइभेट इक्वीटी लगायत समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।

अधिकारी र हमाल बीच १२ करोडको सीमा बारे छलफल भए पनि टुंगोमा भने नपुगेको बताइएको छ । सीमा पुनरावलोक गर्न गभर्नर अधिकारी सकारात्मक रहेको बताइएको छ ।

हाल सेयर धितोमा बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिँदा एक व्यक्ति वा संस्थाले बढीमा १२ करोड रुपैयाँसम्म मात्रै पाउने व्यवस्था छ ।

लगानीकर्ताले यस्तो सीमा नै हटाउनु पर्ने माग गर्दै आएका छन् भने अर्थमन्त्रालयले समेत पुनरावलोकन गर्न आग्रह गरेको छ । पछिल्लो समय सेयर बजारमा गिरावट आउनुको मुख्य कारण नै राष्ट्र बैंक रहेको लगानीकर्ताको आरोप छ भने सरकारले समेत पूँजी बजार सुधार्न जोड दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij