
काठमाडौं । नेपाल आयल निगमले १४.२ केजी भन्दा बढी क्षमताका ग्याँस सिलिन्डरकाे प्रयोग गैरकानुनी भएकाे जनाएकाे छ । साेहीकारण यस्ता ठूलाे क्षमताका सिलिण्डर प्रयाेग नर्गनकाे लागि आग्रह गर्दै विज्ञप्ति सार्वजनिक गरेको छ ।
बजारमा ५० केजी र ४५० केजी क्षमताका सिलिन्डरहरू समेत चलनचल्तीमा रहेकाे र यस्ता सिलिण्डरमा समेत एलपी ग्याँस भरेर बिक्री वितरण कार्य हुँदै आएकाेमा आफूहरुकाे गम्भीर ध्यानाकर्षण भएको निगमले जनाएको छ ।
बढी क्षमताका सिलिन्डरमा ग्याँस भरेर बिक्री वितरण गर्न विभिन्न उद्योगले अनुमति माग गरे पनि निगमले अनुमति नदिएको साथै त्यस्ता सिलिण्डर प्रयाेग नगर्न समेत उपभाेक्ताहरुलाइ निगमले आग्रह गरेकाे छ ।
विज्ञप्तिमा १४.२ केजी भन्दा बढी ५० केजी र ४५० केजी क्षमताका सिलिन्डरहरूमा ग्याँस भरी बिक्री वितरण गरिरहेको भए त्यस्ता सिलिन्डरमा ग्याँस भरी बिक्री वितरण गर्ने कार्य तुरुन्त बन्द गर्न आग्रह गर्दै निर्धारित तौल भन्दा बढी क्षमताका सिलिन्डरमा ग्याँस भरी विक्री वितरणमा सलग्न व्यक्तिहरुलाइ कारबाही गरिने समेत निगमले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij