२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

आजबाट एसियाकप सुरु, उद्घाटन खेलमा पाकिस्तानसँग भिड्दै नेपाल 

आजबाट एसियाकप सुरु, उद्घाटन खेलमा पाकिस्तानसँग भिड्दै नेपाल 

काठमाडौँ । एसिया कप २०२३ आज बुधबारदेखि सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेल नेपाल र पाकिस्तानबीच मुल्तानमा हुनेछ । यसअघि पाकिस्तानले उद्घाटन खेलका लागि एक दिन अगावै प्लेइङ–११ घोषणा गरेको छ । बाबर आजमको कप्तानीमा रहेको पाकिस्तानी टोली तेस्रो पटक उपाधि जित्ने होडमा हुनेछ । हालै पाकिस्तानले अफगानिस्तानसँग तीन खेलको एकदिवसीय सिरिज खेलेको छ । अफगानिस्तानविरुद्ध छनोट भएको पाकिस्तानी टोलीमा टिम व्यवस्थापनले केही परिवर्तन गरेको छ । इफ्तिखार अहमद र नसिम शाह प्लेइङ–११ मा फर्किएका छन् । पाकिस्तानले अफगानिस्तानलाई ३–० ले हराएको थियो ।

तीन फास्ट बलरबाहेक पाकिस्तानले प्लेइङ–११ मा तीन स्पिन बलिङ अलराउन्डर राखेको छ । यसबाहेक टोलीको ब्याटिङ पनि निकै बलियो देखिन्छ । फखर जमान र इमाम उल हक ओपनिङमा देखिनेछन् । साथै, बाबर आजम, मोहम्मद रिजवान, इफ्तिखार अहमद, सलमान आगा मध्यक्रममा देखिनेछन्। शादाब खान र मोहम्मद नवाजले पनि तल्लो क्रममा ब्याटिङ गर्न सक्छन् । नसिमका अलावा शाहिन अफ्रिदी र हरिस रउफ पेस आक्रमणमा देखिनेछन्।

नेपाले भने पहिलो पटक एसिया कप खेल्न लागेको हो । ओडिआई वरियतामा विश्वको शिर्ष स्थानमा रहेको पाकिस्तानसँगको खेल नेपालको लागी निकै चुनौतिपुर्ण हुनेछ । नेपालले विश्को उत्कृष्ट टिमसँगको खेललाई सिकाईको मौकाको रुपमा हेरेको छ ।

नेपालसँगको खेलमा पाकिस्तानको प्लेइङ–११
बाबर आजम (कप्तान), फखर जमान, इमाम-उल-हक, मोहम्मद रिजवान, इफ्तिखार अहमद, सलमान आगा, शादाब खान, मोहम्मद नवाज, शाहीन अफ्रिदी, नसीम शाह, हरिस रउफ।

नेपालको सम्भावित प्लेइङ-११
कुशल भुर्तेल, आसिफ शेख (विकेट), भीम शार्की, रोहित पौडेल (क), कुशल मल्ल, दिपेन्द्र सिंह ऐरे, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी। नेपाल र भारतसँगै पाकिस्तान समूह ‘ए’ मा छ । समूह ‘बी’ मा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन् । यसपटक एसिया कप हाइब्रिड फर्म्याटमा खेलाइँदैछ । पाकिस्तानमा चार खेल हुनेछन् भने सुपर फोरसहित नौ खेल श्रीलंकामा हुनेछन् । श्रीलंकाको भूमिमा पहिलो खेल बंगलादेश र श्रीलंकाबीच अगस्ट ३१ मा क्यान्डीमा हुनेछ । भारतीय टोलीले आफ्ना सबै खेल श्रीलंकामा खेल्नेछ। खेल नेपाली समय अनुसार पौने ३ बजे हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij