२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

नेशनल मोडलले उपत्यकाव्यापी भलिबल प्रतियोगिता आयोजना गर्ने

नेशनल मोडलले उपत्यकाव्यापी भलिबल प्रतियोगिता आयोजना गर्ने

 

काठमाडौं । काठमाडौं–१६, (बालाजु) नेपालटारमा रहेको नेशनल मोडल इङ्लिस सेकेण्डरी स्कुलले उपत्यकाव्यापी शिक्षक भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

भलिबल प्रतियोगिता असोज १ देखि ३ गते सम्म विद्यालयको आफ्नै प्राङ्गणमा आयोजना गरिनेछ ।

‘सबैका लागि खेलकुद, शिक्षकको लागि खेलकुद’ भन्ने नारा सहित विद्यालयले यसपटक आयोजना गर्न लागेको शिक्षक भलिबल प्रतियोगिता दोस्रो संस्करण हो ।

विभिन्न रचनात्मक गतिविधिहरुमा संलग्न रहँदै आएको उक्त विद्यालयले आयोजना गर्न लागेको भलिबल प्रतियोगिताले आपसी मित्रता, सहकार्य एवं मनोरञ्जन र शारीरिक स्वास्थ्यलाई सुदृढ बनाउन सहयोग पुग्ने आयोजक विद्यालयको बुझाई छ ।

प्रतियोगितामा सहभागि हुनको लागि काठमाडौँ उपत्यका भित्रका ३ जिल्लाका जुनसुकै किसिमका विद्यालयमा शिक्षण कार्यमा प्रत्यक्ष संलग्न शिक्षक हुनुपर्नेछ । सहभागिताको लागि दर्ता शुल्क बापत ५ हजार रकम शुल्क तोकिएको छ ।

एउटै विद्यालयमा भलिबल टिमको लागि शिक्षकको सङ्ख्या पुग्न नसके छिमेकी विद्यालयका शिक्षकहरुसँग सहकार्य गरेर समेट टिम पूर्ण बनाउने छुट आयोजक संस्थाले दिएको छ ।

आयोजक विद्यालयका प्रिन्सिपल डि.एन. अधिकारीले राष्ट्रिय खेलको रुपमा रहेको भलिबलको थप प्रवद्र्धनमा समेत सहयोग पुग्न सकोस् भन्ने मान्यताले यस प्रतियोगितालाई निरन्तरता दिन लागेको बताउनुभयो । स्मरण रहोस्, नेशनल मोडल सेकेण्डरी स्कुल विगत २ दशक देखि शिक्षक कार्यमा संलग्न रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij