
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र कैलालीको लम्चीचुहा–४ मा रजिस्टर्ड कार्यालय रहेको किसान लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन्।
दुवै लघुवित्त कम्पनीका प्रतिनिधिहरुले २०८०/०४/९ गते आपसमा गाभ्ने गाभिने समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
साथै दुवै लघुवित्त वित्तीय संस्थाका आधारभूत शेयरधनीहरुको साधारणसभा सम्पन्न नहुन्जेलसम्म शेयर कारोबार रोक्का राखिदिनको लागि नेप्सेलाई अनुरोध पनि गरेका छन्।
यता जाल्पा लघुवित्त वित्तीय संस्थासंग मर्जरमा जाने भएपछि किसान लघुवित्तको शेयर मूल्य ४ कारोबार दिन देखि निरन्तर उकालो लागिरहेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij