२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

सांग्रिला बैंकको महिला आदर्श सेवा केन्द्रलाई आर्थिक सहयोग 

सांग्रिला बैंकको महिला आदर्श सेवा केन्द्रलाई आर्थिक सहयोग 

सांग्रिला डेभलपमेन्ट बैंकले आज महिला आदर्श सेवा केन्द्रलाई आर्थिक सहयोग अन्तर्गत चेक हस्तान्तण गरी सहयोग गरेको छ ।

यस महिला आदर्श सेवा केन्द नेपाली महिलाहरुमा चेतना जगाउने र आत्मनिर्भरताको विकास गर्ने उद्देश्यले बि. सं २०४० मा स्थापना भएको संस्था हो ।

यसबीच सो संस्थाले महिला वर्गलाई विभिन्न शिपमूलक तालिम प्रदान गर्दै आइरहेको छ । अहिले संस्थाले आफ्नै भवन निर्माण गरिरहेको क्रममा सो निर्माणमा सघाउन सांग्रिला डेभलपमेन्ट बैंकले केही आर्थिक सहयोग उपलब्ध गराएको हो ।

उक्त महिला आदर्श सेवा केन्द्रलाई बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले चेक हस्तान्तरण गरेका थिए । यस किसिमको सहयोगले उक्त केन्द्रलाई ठूलो मद्दत पुगेको कुरा व्यक्त गर्दै सो महिला आदर्श सेवा केन्द्रका अध्यक्ष निरु श्रेष्ठले आफ्नो विचार राखे ।

सांग्रिला डेभलपमेन्ट बैंककाे देशभर रहेका आफ्ना ११२ शाखा कार्यालय रहेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij