२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

विकासपथमा अनवरत लम्किरहेको नगरपालिका हो सूर्यविनायकः मेयर थापा

विकासपथमा अनवरत लम्किरहेको नगरपालिका हो सूर्यविनायकः मेयर थापा

बासुदेव थापा, नगर प्रमुख,  सूर्यविनायक नगरपालिका 

सूर्यविनायक वडा नम्वर १० मा जन्मनु भएका नगर प्रमुख थापा अत्यन्तै जनप्रिय, लोकप्रिय, जनसेवी, विकासप्रेमी, सुशासन पक्षधर, इमान्दार, नैतिकवान, क्षमतावान र राष्ट्रवादी, देशभक्त नेता हुनुहुन्छ । थापाको परिवारको मुख्य पेशा कृषि तथा पशुपालन थियो । थापाले पारिवारिक पेशालाई थप विस्तार गर्नुभयो । उहाँले गाउँमा उत्पादन भएको दुध सहरमा पु¥याएर मिठाइ पसलहरुमा विक्री गर्नुहुन्थ्यो । र पछि गएर आफैले मिठाई पसल खोल्नुभयो र यो  व्यवसायवाट पर्याप्त आम्दानी गर्न सफल हुनु भयो । कृषि र राजनीतिलाई समानान्तर रुपमा अघि बढाउनु भएका थापा २०५६ सालमा एमालेमा प्रवेश गर्नु भएको थियो । 

मान्छेलाई कुनै काम गर्नका लागि इच्छा शक्ति चाहिन्छ, त्यो खालको इच्छा शक्तिले तिनै नगर प्रमुख थापामा धेरै भेटिन्छ, जो कोहिमा त्यो खालको शक्ति र सामथ्र्य कमै मात्रामा पाइन्छ । त्यसैले उनी यो अवस्थासम्म आइपुग्दा कुनै पनि शक्तिहरुका बीच झुक्नु परेको छैन । यो नगर प्रमुख थापाको प्रमुख विशेषता हो । 

उहाँले राजनीतिक जीवनको लामो यात्रामा पार्टी, सामाजिक संघ–संस्था र जनप्रतिनिधि गरि ठूला–साना १८ वटा निर्वाचनमा भाग लिइसक्नु भएको छ ।  सवै निर्वाचनमा उहाँले जीत हासिल गर्नु भएको छ । निर्वाचनमा उहाँ पराजित भएको ईतिहास छैन । जहाँ निर्वाचित भएपनि देश र जनताको हितका पक्षमा काम गर्नु भएको छ । निर्वाचित भइसकेपछि जनतावाट उठेको कर जनताको हितमा प्रयोग गरेको छु, मेरो व्यक्तिगत स्वार्थ केहीपनि छैन । जनताकै हितमा लागेकाले जनताका काम निष्पक्ष भएर गर्दै आएको थापा बताउनु हुन्छ ।

स्थानीय तहको निर्वाचनमा एमालेभित्र दोहो¥याएर स्थानीय निकायको प्रमुखको उम्मेदवारको टिकट पाउने र टिकट पाएर पनि चुनाव जित्ने कमै नेता छन । तीनै कम उम्मेदवार र नेता मध्येमा भक्तपुरको सूर्यविनायक नगरपालिकाका मेयर  बासुदेव थापा । एमालेले गत वर्ष उहाँलाई स्थानीय निर्वाचनमा दोहो¥याएर टिकट दियो र उहाँले पनि सान्दार रूपमा निर्वाचन जितेर जनताको सेवा गर्दै आउनु भएको छ । सूयविनायक नगरपालिकाको पहिलो जनप्रतिनिधिका रूपमा मेयर हुँदा कुनै पनि दाग नलागेकै कारण उहाँलाई एमालेले दोहोर्याएर टिकट दियो । उहाँले पनि जितेर देखाउनु भयो । पहिलो पटक मेयरको भूमिकामा रहँदा आफूले घोषणा गरेको भन्दा तेब्बर काम सम्पन्न गरेकै कारण थापा नगरवासीको लोकप्रिय नगरपिता बन्नु भएको छ । त्यसैमा आफूलाई सदैव खुशी लाग्ने गरेको नगर प्रमुख थापा बताउँछन् ।

नगर प्रमुख थापा भक्तपुर जिल्लाकै एक प्रभावशाली युवा नेता तथा सामाजिक अभियन्ताका रुपमा सबैका बीचमा सबैका प्रिय हुनुका साथै एक प्रतिभाशालि व्यक्ति हुन् । नगर प्रमुख थापा विकास र समृद्धिका निम्ति प्रतिबद्ध व्यक्ति हुन् । 

 जनताका समस्याहरुलाई थापाले आफ्नै समस्या ठानेर सेवाग्राहीलाई सेवा गर्दै आका   उनी बताउँछन् ।  थापा निर्वाचित भएर आएदेखी दुई कार्यकाल भक्तपुर सूर्यविनायकका जनताका जीवनस्तर उकास्ने देखि विकास निर्माण र  जनताहरुसँग प्रत्यक्ष जोडिने समृद्धिका योजनालाई नगर प्रमुख थापाले अत्यन्तै उत्साहपूर्ण तवरले अघि बढाउँदै आइरहेका छन, थापा भन्छन्, ‘म निर्वाचित भएर आएदेखी यहाँ कहिल्यै पनि मैले कुनै पार्टी वा मेरो नजिकको व्यक्ति भनेर विकासको कामलाई रोक्ने गरेको छैन । जुन व्यक्ति वा संस्था आएपनि थोरै समय पनि नरोकि काम तत्काल सम्पादन गरिदिन मैले मेरो कर्मचारी साथीहरुलाई निर्देशन नै दिएको छु ।  सबैका निम्ति समय महत्वपूर्ण हुन्छ भन्ने ठानेर हामीले यस्तो व्यवस्था लागु गरेका हौं’ भलाकुुसारीका क्रममा थापाले बताए । 

मुलुकमा आएको विषम खालको राष्ट्रिय राजनीतिलाई समेत थापाले केन्द्र भागमा राखेर सुक्ष्म रुपले अध्ययन गर्दै आइरहेका छन् । साथै अन्य नेता, कार्यकर्ता पंक्ति र शुभेच्छुकहरुका बीचमा थापा त्यतिकै चर्चित रहेका छन् ।

संक्षिप्तमा सूर्यविनायक नगरपालिका
भक्तपुर जिल्ला काठमाडौं उपत्यकाभित्र पर्ने एक ऐतिहासिक, धार्मिक, सांस्कृतिक रूपमा सम्पन्न र समृद्व जिल्ला हो । यो जिल्लामा उपत्यका र पहाडी क्षेत्र समेत रहेको छ । भक्तपुर जिल्लामा चार वटा नगरपालिका रहेका छन् । जसमा भक्तपुर, मध्यपुर ठिमी, चाँगुनारायण र सूर्यविनायक नगरपालिका रहेका छन् । यो नगरपालिका साविकका कटुन्जे, सिपाडोल, नखेल र चित्तपोल गाउँपालिका समायोजन भई बृहत् सूर्यविनायक नगरपालिका बनेको हो । भक्तपुर नगरबाट २ कि.मि. दक्षिण साविक सिपाडोलमा पर्ने सूर्यविनायक क्षेत्र धार्मिक एवं ऐतिहासिक दृष्टिकोणबाट समेत महत्वपुर्ण नगरपालिका मानिन्छ । यहाँको प्रसिद्ध सूर्यविनायक गणेशको मन्दिरको नामबाट सूर्यविनायक नगरपालिकाको नामाकरण भएको हो । यस नगरपालिकाको क्षेत्रफल ४७.०५ वर्ग कि.मी. रहेको छ । यस  नगरपालिकामा १० वटा वडाहरू रहेका छन् । भक्तपुरका चार नगरपालिकामध्ये सबै भन्दा धेरै जनसंख्या सूर्यविनायक नगरपालिकामा रहेको छ । राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा अनुसार भक्तपुरका चार नगरपालिका मध्ये सूर्यविनायक नगरपालिकामा सबै भन्दा धेरै जनसंख्या देखिएको पाइएको छ ।

यस नगरपालिकाको उपप्रमुखमा पनि एमालेकै सरिता तिमिल्सिना भट्टराई हुनुहुन्छ । प्रमुख प्रशासकीय अधिकृतमा श्रीधर केसी, सुचना अधिकारीमा वरिष्ठ राजस्व अधिकृत अनिरूद्र नेपाल र गुनासो सुन्ने अधिकारीमा वरिष्ठ शाखा अधिकृत राजेन्द्रप्रसाद नेपाल रहनु भएको छ । तिनै नेपालको ठूलो सहयोगले पनि नगर प्रमुख थापालाई हरेक खालको काम गर्नका निम्ति ठूलो सहयोग पुग्ने गरेको छ ।

विभागका अनुसार सूर्यविनायकमा १ लाख ४० हजार ९ सय ७१ जनसंख्या रहेको छ । जसमध्ये ६८ हजार ९ सय ७१ पुरुष र ६९ हजार महिला रहेका छन् । सूर्यविनायक मन्दिर लिच्छिवि कालमा शिखर शैलीमा निर्माण भएको थियो । काठमाडौं उपत्यकाका चार गणेश (विनायक) मध्ये सुर्य विनायकलाई पनि एक गणेश मानिन्छ । काठमाडौं, ललितपुर, भक्तपुर जिल्ला र धुलिखेल, बनेपा, पनौतीका भक्तजनहरु हरेक मंगलवार र माघ महिनामा यस सूर्यविनायक गणेश मन्दिरको दर्शनका लागि आउने गर्दछन् । यहाँ त्यस दिन भक्तजनहरूको घुइँचो हुने गर्दछ । सूर्यविनायकको पूजाबाट भाग्य निर्माण हुने, सद्बुद्धि आउने जनविश्वास रहिआएको छ । सूर्यविनायक मन्दिर परिसर वरपर हरियाली रमणीय डाँडा रहेको कारणले यो क्षेत्र पर्यटकीय एवं पिकनिक स्थलको रुपमा समेत त्यतिकै प्रख्यात रहेको छ । सूर्यविनायकको जङ्गलमा ९९ प्रजातिका चराचुरुङ्गी पाइने हुनाले यो स्थलले चराचुरुङ्गी अवलोकनको लागि पनि क्रमशः प्रसिद्ध पाउँदै आएको छ । यहाँ चिडियाखाना स्थापना गरिँदैछ । यसले पनि यस क्षेत्रका आर्थिक आय आम्दानीको मात्रालाई बलियो बनाउने काम गर्दछ ।
यो नगरपालिका बागमती प्रदेश अन्तर्गत भक्तपुर जिल्लामा पर्दछ । भौगोलिक दृष्टिबाट यो नगरपालिका पूर्व देशान्तर ८५० डिग्री २३ मिनेट देखि ८५० डिग्री २९ मिनेटको विचमा र उत्तर आक्षांश २७० डिग्री ३७ मिनेट देखि २७० डिग्री ४० मिनेटको बीचसम्म फैलिएको छ । यो नगरपालिका समुद्र सतह देखि १३७२ मिटर देखि २०२५ मिटर सम्म रहेको छ । भौगोलिक बनावटको दृष्टिकोणले यस नगरपालिकालाई मुख्य दुई क्षेत्रमा विभाजन गर्न सकिन्छ । जसमा दक्षिण पहाडी क्षेत्र र उपत्यका क्षेत्र रहेका छन् । दक्षिण पहाडी क्षेत्र अन्तर्गत सिपाडोल पहाडी खण्डको पश्चिम कालीटारको पूर्व र चुनदेवीको दक्षिणी भेगलाई दक्षिणी पहाडी खण्डमा विभाजित गरिएको छ । यो पहाडी इलाकाको उचाइ चुनदेवीबाट बढ्दै गई गुण्डुको दक्षिणी भेगमा २०२५ मिटर सम्मको उचाईमा पुगेको छ । यस पहाडको लम्बाई करिब ४.८ कि.मि. छ । यसबाट उत्पत्ति हुने खोलामा पूर्वतिर सिपाडोल खोला र कल्का खोला दक्षिणबाट बगेर उत्तर तिर हनुमन्ते खोलामा मिल्न जान्छ । उपत्यका क्षेत्रमा काठमाडौं उपत्यकाको दक्षिण पूर्वमा अवस्थित यो क्षेत्रको दक्षिण पश्चिममा गोदावरी र चारखण्डे खोलाको जलाधार रेखा तथा पूर्वमा काभ्रेपलाञ्चोक जिल्लाको पश्चिमी सीमाना रहेको छ । यस क्षेत्रको जग्गाको भिरालोपन दक्षिण र पूर्वबाट क्रमशः पश्चिम तिर १–५ डिग्री सम्मको छ । त्यसैले यस क्षेत्रका सम्पूर्ण खोलाहरु पूर्व उत्तर र दक्षिणबाट पश्चिमतर्फ बग्ने गरेका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाका बासुदेव थापा दोस्रो पटक नगर प्रमुखमा निर्वाचित हुनु भएको छ । उहाँ नेकपा (एमाले)को तर्फबाट २०७४ सालदेखि नगर प्रमुख हुनुहुन्छ । यस नगरपालिकाको उपप्रमुखमा पनि एमालेकै सरिता तिमिल्सिना भट्टराई हुनुहुन्छ । प्रमुख प्रशासकीय अधिकृतमा श्रीधर केसी, सुचना अधिकारीमा वरिष्ठ राजस्व अधिकृत अनिरूद्र नेपाल र गुनासो सुन्ने अधिकारीमा वरिष्ठ शाखा अधिकृत राजेन्द्रप्रसाद नेपाल रहनु भएको छ । तिनै नेपालको ठूलो सहयोगले पनि नगर प्रमुख थापालाई हरेक खालको काम गर्नका निम्ति ठूलो सहयोग पुग्ने गरेको छ ।
सूर्यविनायकमा विकास गतिविधिहरु
थापा नगर प्रमुखका रुपमा निर्वाचित हुँदा छ वर्ष अगाडि सूर्यविनायक नगरपालिकाको विकास निर्माणको स्थिति धेरै हिसावले कमजोर र जहाँतहिँ लथालिङ्ग र भताभुङ्गको दयनीय अवस्था थियो । सडक, पानी, ढल, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्यको अवस्था निकै कमजोर र जिर्ण थियो । उपत्यकाको नगरपालिका भएपनि बत्ति मुनिको अँध्यारो जस्तो ग्रामिण नगरपालिका जस्तो देखिन्थ्यो । विद्यालय भवन, खानेपानीको उचित व्यवस्थापनको अभाव थियो । नगरपालिकाको संरचना निर्माण नीतिगत रुपमा सीमित रहेको थियो । अन्य पुर्वाधार शुन्यकै अवस्थामा थिए । नगरमा वडा कार्यालय समेत बनेका थिएनन्, भाडाका घरमा बस्दै आएका थिए । उहाँ पहिलो पटक मेयरमा निर्वाचित हुनुभएपछि थापाले भौतिक पूर्वाधारको विकास पछिमात्रै अन्य विकासका कार्यहरु अघि बढाउन सकिन्छ भन्ने उद्देश्यका साथ नगरमा कालोपत्रे सडक, ढलान सडक, ग्राभेल सडक, खानेपानी, पुल, कलभर्ड, ढल, विद्युतीकरण जस्ता क्षेत्रको निर्माणमा निरन्तर लाग्नुभयो । उहाँको पहिलो कार्यकालमै ३ सय किलोमिटर सडक निर्माण भएको थियो । जसमा  ११० किलोमिटर सडकको कालोपत्रे, ३३ वटा पुल निर्माण, ३७ वटा विद्यालयको पक्की भवन निर्माण, २६ किलोमिटर ढल, नगर अस्पताल र १० वटै वडामा स्वास्थ्य चौकी निर्माण सम्पन्न भएका थिए । यही अवधिमा भक्तपुरको पर्यटकीय धार्मिक सम्पदाको रुपमा रहेको केदारनाथको शिर श्री डोलेश्वर महादेव मन्दिर र श्री अनन्तलिंगेश्वर मन्दिरको निर्माण, मर्मत–सम्भार तथा सुधार गर्ने काम सम्पन्न भएको थियो । मठ–मन्दिरको  संरक्षण र संवद्र्धनले धार्मिक पर्यटकको लागि बाटो खुल्ने र पर्यटकीय विकास हुने थापाको दृढ बुझाइले नै यी काम बनेका हुन् । एक घर एक धारा पानी व्यवस्थापन गर्ने दृढ लक्ष्य र अठोटकै कारण ४ नं वडामा  ९३ करोडको लागतमा खानेपानी योजना सुरु भएको थियो । किसानलाई उन्नत बिऊ, किटनाषक औषधी, रासायनिक मल अनुदानमा वितरण गर्ने, पशुपालनका लागि उन्नत नश्ल, खोर, गोठ, कृषि औजारमा अनुदान उपलब्ध गराउने, जेटि, जेटिए, भेटनरी सेवा उपलब्ध गराउने समेत अत्यन्तै महत्वपूर्ण काम हुँदै आएका छन् ।
नगर प्रमुख थापाले ज्येष्ठ नागरिकका लागि ७ ठाउँमा विश्रामस्थल निर्माण गर्नु भएको छ । अशक्त जेष्ठ नागरिकलाई घर–घरमै सामाजिक भत्ता वितरणको सुविधा दिलाउने,ज्येष्ठ नागरिकलाई धार्मिक स्थलहरूको भ्रमण गराउने, वडास्तरमा सम्मान गर्ने, ज्येष्ठ नागरिकको सम्मान कार्यक्रमको नीति बनाउनुभयो । घर–परिवारमा ज्येष्ठ नागरिकको सम्मान नगर्ने व्यक्तिलाई नगरपालिकाको सुविधा नपाउने नियम बनेको छ । यो नियम सहित शिक्षा, महिला विकास लगायत ६२ वटा ऐन नियम बनाएर कार्यसम्पादन गर्न ऊहाँ सफल हुनुभएको छ ।
थापाको पहिलो कार्यकालमा नगर समितिका जनप्रतिनिधिहरु भिन्न पार्टीबाट निर्वाचित भएका थिए । तर उनीहरुसँग कुनै पनि प्रकारको विवाद भएन । कुनै पनि विवाद हुन नदिइ नगरको विकास र निर्माणमा एक भएर काम गर्नु भयो ।  नगर प्रमुख थापाले सवैको सम्मान र अस्तित्वको वातावरण सिर्जना गर्नु भयो । उहाँले कुनै जात, जाति र क्षमताको आधारमा विभेद नगरि १२२ वटा वैठकमा गरि विकास, निर्माण र सुशासनका काम गर्नु भएको थियो ।
उहाँले पहिलो कार्यकालमा अधुरा रहेका कामहरु दोस्रो कार्यकालमा अगाडि बढाउनुभएको छ । थापाले दोस्रो कार्यकालमा  सडक, शिक्षा, स्वास्थ्य खानेपानी, कृषि विकास, ढल–नाला र सुशासनसँगै युवा, महिला, दलित, आदिवासी जनजाति र आर्थिक तथा सामाजिक रुपमा पछि परेका समुदाय र समुहको हितका काममा बजेट छुट्याइ कार्य थाल्नु भएको छ । चालू आर्थिक वर्षका यस्ता धेरै काम सम्पन्न भैसकेको र असार दोस्रो साताभित्र सम्पन्न हुने अवस्थामा रहेका छन् । मेयर थापाले हनुमन्ते करिडोर निर्माण गर्ने कामलाई थाल्नु भएको छ, वाँकी रहेका सडक कालोपत्रे गर्न सुरू गराउनु भएको छ । मेलम्चीसहित वैकल्पिक स्रोतबाट नगरवासीलाई पानी आपुर्ति गर्ने लगायतका महत्वपूर्ण काम गर्दै आएको थुपै कार्यको सुरूवात गर्नुभएको छ ।

थापाको पहिलो कार्यकालमा नगर समितिका जनप्रतिनिधिहरु भिन्न पार्टीबाट निर्वाचित भएका थिए । तर उनीहरुसँग कुनै पनि प्रकारको विवाद भएन । कुनै पनि विवाद हुन नदिइ नगरको विकास र निर्माणमा एक भएर काम गर्नु भयो ।  नगर प्रमुख थापाले सवैको सम्मान र अस्तित्वको वातावरण सिर्जना गर्नु भयो ।

सूर्यविनायक नगरपालिकामा नगरप्रमुख थापाको यो अन्तिम कार्यकाल हो । त्यसैले पनि आफ्नो इतिहास देखिने र जनताले महसुस गर्ने गरि विकास निर्माण र सामाजिक विकासका कामलाई अगाडि बढाउँदै आउनुभएको छ । उहाँ राजनीतिलाई समाज सेवाका रूपमा लिँदै जनताको सेवा र समुदायको भौतिक विकासमा अहोरात्र खटिँदै आउनु भएको छ ।  युवाहरुलाई विदेश पलायनवाट रोक्नको लागि युवा व्यवसाय तथा सीप कार्यक्रम सञ्चालन, महिलाहरुलाई आत्मनिर्भर बनाउन सीप विकास तथा अनुदानको कार्यक्रम, युवाहरुलाई आत्मनिर्भर बनाउन सीप तथा विना धितो ऋणको व्यवस्था, दलित समुदायको हकमा प्रभावकारी हुने गरी दीगो सीप तथा अनुदानको व्यवस्था गर्ने जस्ता योजना तर्जुमा गरि प्रभावकारी रूपमा कार्यान्वयन गर्दै दक्ष जनशक्ति निर्माण र स्वरोजगार निर्माणमा प्राथमिकता दिँदै आउनु भएको छ । उहाँले नगरका १० वटै वडाहरूका मुख्य–मुख्य सडक कालोपत्रे  गराइसक्नु भएको छ । सबै वडाहरूमा सामुदायिक मावि र उच्च मावि रहेका छन् ।
 थापाले ज्येष्ठ नागरिकहरुलाई सम्मान र सहज रुपमा जीवन व्यतित गर्नको लागि प्रत्येक वडामा विश्रामस्थल, युवाहरुको लागि खेलकुद स्थल निर्माण गराउनु भएको छ । नगरवासीको स्वास्थ्य सुरक्षाको लागि गत वर्षदेखि नै प्रत्येक व्यक्तिको लागि १ हजार अनुदान दिएर स्वास्थ्य विमा कार्यक्रममा समेटनु भएको छ । विपन्न नागरिकको उपचारको लागि विशेष व्यवस्था गराउनु भएको छ । विपन्न नागरिक पैसा नभएकै कारण उपचार नपाउने स्थिति आउन नदिन उहाँले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गर्नु भएको देखिन्छ ।

यस नगरका सबै सडक पिच सडक हुनुपर्छ भनेपनि बजेट अभावका कारण सम्भव भएको छैन तर धमाधम कालोपत्रे, ढलान सडक, ग्राभेल सडक, कलभर्ड र पुल बन्दै गएका छन् । बाँकी अधुरा काम नगर प्रमुखले आगामी दिनमा योजना निर्माण र बजेट तर्जुमा गर्दा प्राथमिकतामा राखेर गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

अघिल्लो कार्यकालमा थापाको नेतृत्वमा भएका महत्वपूर्ण कामहरु 
नगर प्रमुख थापाले अघिल्लो कार्यकालमा गर्नुभएका महत्वपूर्ण कामहरु उल्लेखनीय कामहरूमा स्वास्थ्य क्षेत्रमा नगर अस्पताल निर्माण र १० वटै वडामा स्वास्थ्य चौकी विस्तार गर्नुभयो । ल्याव सहित व्यवस्थित ढंगबाट नगर अस्पताल र स्वास्थ्य चौकीहरू सञ्चालनमा ल्याउनुभयो । शिक्षा क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका काम व्यापकरुपमा गर्नु भयो। ३७ वटा विद्यालयको नयाँ भवन निर्माण गराउनु भयो । गुणस्तरीय शिक्षा र अब्बल विद्यार्थी कसरी उत्पादन गर्ने भनेर उहाँ लाग्नु भएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयका प्रधानाध्यापक प्रतिष्पर्धाका आधारमा नियुक्ति गर्ने र सक्षम र शिक्षाप्रति समर्पितलाई विद्यालय सञ्चालक समितिका सदस्य र अध्यक्ष चयन गराउने नीति लिनु भएको छ ।
कोरोना महामारीका कारण शिक्षा क्षेत्रमा सूर्यविनायक नगरपालिकामा मात्र होइन देशैभर असर परेको थियो । त्यसलाई विशेष क्षतिपूर्ति हुने गरी उहाँले बजेट विनियोजन गरी शैक्षिक क्षेत्रका भौतिक पुर्वाधार जस्तै भवन, फर्निचर, शैक्षिक सामाग्री, विद्यालय दिवा खाजा, शौचालय, खानेपानी, शिक्षकको व्यवस्था गरेर विद्यालय क्षेत्रमा धेरै ठूलो सुधार गर्नुभएको छ । सूर्यविनायक नगरपालिका १० वडामा विभाजित छ । यो बीचमा उहाँले सरकारका विभिन्न निकायबाट १३ अर्बभन्दा बढीका पूर्वाधार निर्माणका काम गराउनुभएको छ । प्रत्येक वडाका मुख्य–मुख्य दुई तीन वटा सडक कालोपत्रे भइसकेका छन् । यस नगरका सबै सडक पिच सडक हुनुपर्छ भनेपनि बजेट अभावका कारण सम्भव भएको छैन तर धमाधम कालोपत्रे, ढलान सडक, ग्राभेल सडक, कलभर्ड र पुल बन्दै गएका छन् । बाँकी अधुरा काम नगर प्रमुखले आगामी दिनमा योजना निर्माण र बजेट तर्जुमा गर्दा प्राथमिकतामा राखेर गर्ने प्रतिबद्धता जनाउनुभएको छ । हालै वडा नं १ को सिरूटार र वडा नं ४ दधिकोट जोड्ने चारखण्डी खोलामा ८.१ मिटर लम्बाई र ८.४ मिटर चौडाईको ९८ लाख ९७ हजार रूपैयाँको लागतमा बक्स ब्रिज पुल निर्माण गर्न मेयर थापाले शिलान्यास गरिसक्नु भएको छ । उहाँको छ वर्षे कार्यकालमा ३५ वटा यस्ता पुल निर्माण भैसकेका छन । नेपाल सरकारले राम्रोसँगले मुल्यांकन गर्ने हो भने यस नगरपालिका देशभरकै लागि नमूनायोग्य र प्रथम नगरपालिकाको रुपमा घोषणा हुन सक्दछ ।
सामाजिक विकासका क्षेत्रमा महिला, दलित, आदिवासी जनजाति, गरिव, विपन्न, अपाङ्ग, जेष्ठ नागरिकहरूको क्षमता विकास, सीप विकास, नेतृत्व विकास, आयआर्जनका कार्यक्रम सञ्चालन गर्ने, लक्षित वर्गको उत्थान गर्ने कार्यक्रम सञ्चालन गरेर रोजगारी सिर्जना, उत्पादन वृद्धि गर्न योगदान पु¥याउँदै आउनु भएको छ । मेयर थापाले पहाडी ग्रामीण क्षेत्रमा पशुपालन र तरकारी खेतीमा जोड दिनुभएको छ । सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै पार्क निर्माण, खेलकुद मैदान निर्माण, शिक्षासँगै विद्यालयस्तरीय खेलकुदमा जोड दिनुभएको पाइन्छ ।
मठमन्दिर, गुम्बाको संरक्षण, मर्मत सम्भार, जिर्णोद्धार र सुधारका क्षेत्रमा पनि मेयर थापाले थुप्रै काम गर्नु भएको छ । धार्मिक, संस्कृति र लोकसंस्कृति बचाउन पनि थापाले त्यो क्षेत्रमा पनि विशेष महत्वका साथ काम गर्नु भएको पाइन्छ । राष्ट्रिय कलाकार क्षमता र प्रतिभा भएकाहरूलाई सम्मान र पुरस्कृत गर्नु भएको छ । ज्येष्ठ नागरिकहरूका लागि घरघरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने, प्रतिक्षालय बनाउने देखि ज्येष्ठ नागरिकहरूलाई भ्रमण गराउने, सम्मान गर्ने काम गर्नु भएको छ । खेल मैदान निर्माण, खानेपानीको व्यवस्था लगायतका विविध क्षेत्रमा सुर्य विनायक नगरपालिकाले विगत छ वर्षमा धेरै र महत्वपूर्ण काम गरेको छ । उहाँले आफ्नो पहिलो कार्यकालमै नगरपालिकाका १० वटै वडामा वडा कार्यालय भवन बनाउनुभयो । नगरपालिका भवन पनि बनिरहेको छ । हनुमन्ते कोरिडोरको अधुरो कामलाई पूरा गर्दै हुनुहुन्छ र अघिल्लो कार्यकालमा बाँकी रहेका अन्य कामलाई निरन्तरता दिएर सूर्यविनायक नगरपालिका बस्न लायक, सुन्दर, शान्त र हरियाली बनाउने योजना अघि बढाउनु भएको छ ।  सबै राजनीतिक दलका बुद्धिजीवी, समाजसेवी, नगरवासीसँग सल्लाह सुझाव लिएर उहाँले नगरको विकासका लागि योजना बनाइ विकास निर्माणका काम अगाडि बढाउँदै आउनु भएको छ ।
गत वर्ष निर्वाचनका बेलामा उहाँको निर्वाचनको प्रचारप्रसारमा जनताको एकदमै उत्साहवद्र्धक सहभागीता रहेको थियो । उहाँको विकासका कामबाट जनता सन्तुष्ट हुँदै  घरदैलो अभियानमा सहभागी भएका थिए । मतदाताहरूले भोट माग्न जाँदा पनि हँसिलो अनुहारले खुसी भएर बाँकी काम पनि एकदम राम्रोसँग गर्नुपर्छ, तपाईका सानातिना कमीकमजोरी छन् भने पनि सुधारेर काम गर्नुपर्छ, हामी खुसी छौँ, फेरि पनि भोट दिन्छौं भनेका थिए । त्यही भएर गठबन्धन हुँदा समेत उहाँले नै अत्याधिक मतले चुनाव जित्नु भयो । अहिले नेकपा (एमाले)का  सबै नेता, कार्यकर्ता, शुभचिन्तक एवं मतदाताहरूले एकतावद्ध भएर सूर्यविनायक नगरपालिकामा विकास निर्माण र सुशासनका काम गर्न साथ र समर्थन दिइरहेका छन ।
   (प्रस्तुती:– गीता खड्का बस्नेत)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij