२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

घरेलु तथा साना उद्योग महासंघ र हुलास स्टीलबीच सहकार्य हुने

घरेलु तथा साना उद्योग महासंघ र हुलास स्टीलबीच सहकार्य हुने

काठमाडौं । नेपाल घरेलु तथा साना उध्योग महासंघ र हुलास स्टील उध्योग लि. हिप्को सुपर बिल्ड बिच मेटल फ्याब्रीकेटर्स ब्यवसायमा आवस्यक दक्ष जनशक्ति उत्पादन गर्न सहकार्य गरि अगाडि बढ्ने उदेश्यले एक दिवसिय समन्वयात्क कार्यक्रम सम्पन्न भएको छ ।

 

उक्त कार्यक्रमको अध्यक्षता गरेका घरेलु महासंघका बस्तुगत उपाध्यक्ष मोहन कटुवालले मेटल फेब्रीकेटिङ क्षेत्रमा दक्ष जनशक्ति अभाबको कारण समयमै गुणस्तरीय काम गर्न नसकेको बिदेशी कामदारको भर पर्नु परेको अवस्थामा निशुल्क खान बस्न र यातायात खर्चको समेत ब्यवस्था भएको यो ७ दिने तालिमले दक्ष जनशक्ति अभाब कम गर्न मद्धत पुग्ने भएकोले यो तालिमले महत्व भुमिका निर्वाह गर्ने बताए।

तालिमको बारेमा परियोजना प्रमुख गुन्जन खनालले बेलायत सरकारको सहयोगमा रोजगारका लागि सीप कार्यक्रम सुरु गरिएको जानकारी गराउदै यस कार्यक्रमले ४५हजार नेपालीको जिबिकोपार्जन उन्नत बनाउन र उध्योग ब्यवसायको उत्पादकत्व क्षमता बढाउनको लागि र बजारको मागअनुसारको जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने बताएका थिए।

शिप र हुलास स्टील उध्योगको लगानिमा सन्चालन गर्न लागिएको यो तालिम लिन नेपालि नागरिक नै हुनुपर्ने बताए। छलफल कार्यक्रममा नेपाल घरेलु तथा साना उध्योग महासंघका उपाध्यक्ष शोभा गुरुङले दक्ष जनशक्ति दिन प्रतिदिन बिदेश पलायन हुने क्रम नरोकिदा नेपालका उध्योगमा सीप भएका जनशक्तिको कमि हुदा उध्योग सन्चालनमा समस्या देखिएको अवस्थामा यस तालिमले केही राहत प्राप्त हुने बताइन् ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै महासघका बस्तुगत तर्फका सचिब महेन्द्र बहादुर चित्रकारले सबैलाइ धन्यवाद दिनु हुँदै तालिममा सबै क्षेत्रबाट सहयोग गरि तालिम लाई सफल पार्न आग्रह गरे।होटल एयरपोर्टमा सम्पन्न उक्त छलफल कार्यक्रममा, ग्रील तथा स्टील ब्यवसायी महासघका, जिल्ला सघका , क्षेत्रीय समितीका अध्यक्ष तथा पदाधिकारी सदस्यहरु र नेपाल अटो मेकानिक्स सघ, छाला जुत्ता ब्यवसायी सघ नेपाल आल्मुनियम ब्यवसायी संघ, नेपाल हाते कागज उधोग संघका अध्यक्ष तथा पदाधिकारी सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij