२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

व्यवस्थापन संघको आयोजनामा अबको मौद्रिक नीतिबारे व्यापक छलफल

व्यवस्थापन संघको आयोजनामा अबको मौद्रिक नीतिबारे व्यापक छलफल

 

काठमाडाैं । नेपाल व्यवस्थापन संघको आयोजनामा अबको मौद्रिक नीति कस्तो हुनुपर्छ भन्ने सम्बन्धमा आज एक औपचारिक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल व्यवस्थापन संघका अध्यक्ष एवं नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलको सभापतित्व एवं नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नरहरु एवं विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको व्यापक उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमलाइ नेपाल व्यवस्थापन संघका महासचिव मोहन ‌ओझाले स्वागत गरेका थिए ।

उक्त कार्यक्रममा सिविफिनका अध्यक्ष पवन गोल्यान, नेपाल बैंकर एसोसिएसनका अध्यक्ष सुनिल केसी, नेपाल डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठ, वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधर, नेपाल विप्रेषक संघका अध्यक्ष चन्द्र टण्डन, एनआरएन जीवा लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, होटल एसोसिएसन नेपाल-हानका अध्यक्ष विनायक शाह, एक्यानका अध्यक्ष दीपक पाण्डे,  नाडाका अध्यक्ष ध्रुव थापा, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य लगायतको समेत उपस्थिति रहेको थियो ।

कुवेर चालिसे सहजकर्ता रहेको उक्त कार्यक्रममा विज्ञहरुले मुलुकको अहिलेको परिस्थिति बारे चर्चा गर्नुको अलावा मन्दीउन्मुख अर्थतन्त्रलाइ सही ट्रयाकमा ल्याउनको लागि राष्ट्र बैंकले कस्तो मौद्रिक नीति ल्याउनुपर्छ भन्ने सम्बन्धमा आ-आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

आफ्नो छोटो प्रस्तुती राख्दै प्रद्युमन पोखरेलले आगामी दिनमा वीमा र वित्तीय शिक्षालाइ डिजिटल माध्यमबाट ग्रामीण क्षेत्र सम्म पुर्याउनको लागि बैंकिङ च्यानलको उपयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा वक्ताहरुले देशको अर्थतन्त्रलाइ सही ट्रयाकमा हिँडाउने दायित्व सबै जिम्मेवार निकायहरुको रहने बताएका छन् ।

अहिले नेपालका बैंकहरुमा प्रयाप्त तरलता रकम हुँदाहुँदै पनि नेपालका व्यवसायीहरुले मुलुकको अर्थतन्त्र अझ कमजोर बन्ने आशङ्काले लगानी बढाउन तयार नभइरहेको बताए । साथै यस्तो अवस्थामा बैंकहरुले व्यवसायीलाइ ऋण प्रवाह गरेर मात्र लक्षित उपलब्धि हासिल हुन नसक्ने समेत बताए । विज्ञहरुले कर्जा प्रवाह गर्नुपूर्व लगानी कहाँ र कसरी गर्ने भन्ने सम्बन्धमा आवश्यक तालिम समेत दिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

काठमाडौंको रोयल सिङ्गी होटलमा आयोजना भएको उक्त कार्यक्रममा भारतको अर्थतन्त्र भने वृद्दि हुँदै गइरहेको बताइएको छ । साथै समग्रमा अबको मौद्रिक नीति सन्तुलित हुनुपर्नेमा समेत जोड दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij