
काठमाडौँः संस्कृति इन्टरनेसनल स्कुलले जुन ५, २०२३ मा विश्व वातावरण दिवसको उपलक्ष्यमा सचेतना फैलाउन पदयात्रा (वाकाथन) आयोजना गरेको थियो ।
कार्यक्रममा विद्यार्थी, विद्यालय व्यवस्थापन सदस्यहरू र अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
वातावरण संरक्षणको वकालत गर्दै यस वर्षको ‘प्लास्टिक प्रदूषण रोकौँ’ भन्ने नारालाई मूल मर्म बनाउँदै शक्तिशाली सन्देश सहितका ब्यानर र पोस्टर बोकेर सबै हिँडेका थिए । यो मनमोहक प्रदर्शनले दर्शक र यात्रुहरूको ध्यान खिच्यो ।
उनीहरूलाई वातावरण संरक्षणमा आफ्ना भूमिका प्रतिबिम्बित गर्न यसले सहयोग पु¥यायो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij