
काठमाडौं । बालाजु शैक्षिक मञ्चको आयोजनामा जेठ १३ गते शनिबार नेपालटारको कान्तिपुरी पार्टी प्यालेसमा मोटिभेसनल काउन्सिलिङ सम्पन्न गरिएको छ ।
बालाजु शैक्षिक मञ्चमा आवद्ध विद्यालयका शिक्षक एवं कर्मचारीलाई लक्षित गरेर आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा काठमाडौं जिल्ला प्याब्सनका सहकोषाध्यक्ष एवं बालाजु शैक्षिक मञ्चका अध्यक्ष डि.एन. अधिकारी रहनुभएको थियो ।
नेशनल मोडल इङ्गलिस स्कुलका प्रिन्सिपल समेत रहनुभएका अधिकारीले पानसमा बत्ती बालेर उद्घाटन गरेको उक्त कार्यक्रमका मुख्य आकर्षक व्यक्तित्व एवं प्रशिक्षक डा. ताराजी (तारा गिरी) हुनुहुन्हुन्थ्यो । डा. ताराजीले निकै रमाइलो तवरले शिक्षक एवं कर्मचारीहरुलाई प्रशिक्षित गर्नुभएको थियो ।

बालबालिकालाई पिटेर र धम्क्याएर नभई फकाएर र प्रभावित पारेर सकारात्मक मनोविज्ञानको आधारमा शिक्षा दिनुपर्नेमा डा. ताराजीले विशेष जोड दिनुभयो ।
शिक्षा संस्कारमा आधारित र व्यवहारोपयोगी हुनुपर्नेमा केन्द्रित रहेको उक्त प्रशिक्षणले सहभागिहरुलाई निकै उत्साहित बनाएको थियो । प्रशिक्षक ताराजीले प्रशिक्षण केवल लिनको लागि मात्र सीमित हुन नहुने र सिकेको ज्ञानलाई व्यवहारमा नै उतार्न सकेमात्र प्रशिक्षण साँच्चै फलदायी हुन सक्नेमा प्रशिक्षक ताराजीले सचेत समेत गराउनुभएको छ ।
मञ्चका अध्यक्ष डिएन अधिकारीले शिक्षकहरुलाई पृथक तवरले अध्यापन गराउन सक्ने मनोविज्ञानमा आधारित प्रशिक्षण विधिहरुको आवश्यकता महसुस गरेर आफूहरुले यस्ता काउन्सिलिङ एवं प्रेरणादायी कार्यक्रमहरु विगत देखि नै सञ्चालन गर्दै आएको बताउनुभयो ।

सामाजिक रुपान्तरणमा शिक्षाको भूमिका महत्वपूर्ण रहने साथै शिक्षण क्रियाकलापमा संलग्न शिक्षकहरुलाई समेत समय–समयमा थप प्रेरणाको आवश्यकता रहने बताउँदै उहाँले यस्ता प्रेरक कार्यक्रमहरुले शिक्षण सिकाईमा अपेक्षित लाभ पुयाउँदै आएको अनुभव समेत सुनाउनुभयो ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij