
काठमाडौं । नेपालको पहिलो विद्युतीय मोटरसाइकल यात्रीले नम्बर प्लेट पाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०६० को संशोधन तथा नयाँ व्यवस्था थप गरेसँगै यात्रीले पहिलोपटक नम्बर प्लेट पाएको हो ।
सोमबार (जेठ १ गते) यात्री डिजाइन स्टुडियो प्रा।लि।को नाममा पहिलो नम्बर प्लेट ‘बागमती प्रदेश ०२(०४३ प ८६५० जारी भएको छ ।
बागमती प्रदेश यातायात कार्यालय गुर्जुधाराबाट यात्रीका लागि पहिलो नम्बर प्लेट जारी भएको हो ।
पहिलो नम्बर प्लेट कम्पनीकै नाममा जारी भएकोमा अब क्रमशः विक्री भएका मोटरसाइकलहरुको समेत दर्ता हुने र नम्बर प्लेट दिने कम्पनीका इन्जिनियर ठाकुर पौडेलले रातोपाटीलाई जानकारी दिए । यसअघि नम्बर प्लेट नपाउदा यात्री मोटरसाइकलले आधिकारिकता पाएको थिएन भने सडकमा ट्राफिक प्रहरीबाट हैरानी खेप्नुपरिरहेको थियो ।
सन् २०१७ मा कम्पनी स्थापना गरि २०२१ देखि मोटरसाइकल उत्पादन थालेको कम्पनीले पहिलोपटक आधिकारिकता पाएको छ ।
तत्कालका नियमावली संशोधन गरेर बाटो खोलेको सरकारले ३० वर्ष पुरानो सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई नै संशोधन गर्न आवश्यक छ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij