
काठमाडौं । काठमाडौंको दिपोदय बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष एवं सञ्चालकहरु बचतकर्ताको ठूलो रकम कुम्ल्याएर करिब १ महिना देखि फरार भएका छन् ।
बचतकर्ताहरुको बचत फिर्ता नदिने उद्धेश्यकता साथ चावहिलमा रहेको शाखा कार्यालय समेत बन्द गरिएको एवं माछापोखरीको मुख्य कार्यालयको होर्डिङ बोर्ड समेत निकालिएको बचतकर्ताहरुले बताएका छन् ।
कार्यालयका फरार हुने व्यक्तिहरुमा अध्यक्ष अम्बर बहादुर राई एवं सञ्चालकद्दय कृष्ण प्रसाईं र नरेन्द्र गुरुङ रहेको बताइएको छ ।
न्यूनतम १ हजार बचत रहेका बचतकर्ताहरु समेत पटकपटक रकम फिर्ताको लागि धाइरहँदा पनि रकम पाउन सकेका छैनन् ।
कति पय बचतकर्तालाई भने सहकारीले सिद्धार्थ बैंकको चेक दिएको त छ तर उक्त चेकमा पैसा भने छैन ।
बचतकर्ताहरुले आफूहरुलाई रकम नभएको चेक दिएर अल्मल्याएको गुनासो गर्दै आएका छन् ।
सञ्चालकहरु मध्ये कसैको फोन स्विच अफ गरिएको छ त कसैको फोन उठाइएको छैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij