
काठमाडौँ, २७ बैशाख। नेपाली कांग्रेसका नेता तथा पुर्व गृहमन्त्रि बालकृष्ण खाँण पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेका हुन् ।
भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान काठमाडौँको चावहिल मैजुवहालस्थित उनकै निवासबाट पक्राउ गरेको बताइएको छ ।
उनलाई प्रहरी परिसर टेकु लगिएको बुझिएको छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा यसअघि १० जना पक्राउ परिसकेका छन्। यसअघि पक्राउ परेकामध्ये हाइप्रोफाइल व्यक्ति उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेसँग जोडिएका पूर्व गृहमन्त्री खाण अनुसन्धानको घेरामा तानिएका हुन्। पूर्व गृहसचिव समेतका रहेका पाण्डेलाई प्रहरीले वैशाख २० गते पक्राउ गरेको थियो।
यही प्रकरणमा तत्कालिन गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ, टोपबहादुर रायमाझीका छोरा सन्दीप, रामशरण केसी र गोविन्द चौधरी यसअघि नै पक्राउ परिसकेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij