२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

विचारकाे माध्यमबाट जे राेप्छाैं, प्रतिफल त्यस्तै पाइन्छ

विचारकाे माध्यमबाट जे राेप्छाैं, प्रतिफल त्यस्तै पाइन्छ

– कमल पन्थी

हामी हरेकलाई थाहा छ कि मलिलो खेतमा झार उमार्नको लागि हामीले मेहनत गर्नुपर्दैन । मेहनत त चाहेको उत्पादन लिनको लागि गरिन्छ ।
धानको बिऊ रोपेर आँपको फल पाउन सकिँदैन । साग रोपेर केही दिनमा त धान रोपेर केही महिनामा प्रतिफल पाइन्छ । आँप रोपेर फल पाउन बर्षौं कुर्ने धैर्यता आवश्यक हुन्छ ।

मिठो फलको चयन गर्नु विऊ छनौट गर्नु हो । फल रोप्नु मेहनत गर्नु हो । आवश्यक समय कुर्नु विश्वास हो । मलजल गर्नु आफ्नो कार्य क्षेत्र अनुसारको अनुशासनमा रहनु हो । आफूले चाहेको वस्तु प्राप्तिको लागि त्यस वस्तुको प्रकृति अनुसार समयकाल त कुर्नुपर्छ नै । यो नियम हाम्रो जीन्दगीमा पनि लागु हुन्छ ।

हामी सदैव सुखी, खुसी र समृद्ध बन्न चाहिरह्यौं । हामीले कस्तो बिऊ रोपेछा छौं भन्ने कुरामा भने विचार नै गरेनौं ।

हरेक बिऊले प्रयाप्त मलजल र स्याहार भएको खण्डमा हामीले रोपे भन्दा अत्याधिक बढी उपलब्धि दिने गर्दछ । प्राप्त हुने फल रोपिएको बिऊको तुलनामा अत्यधिक धेरै हुन्छ । हामीले रोपेको कुरा चक्रवृत्ति रुपमा वृद्धि भएर पुनः हामी तर्फ नै फर्कने गर्दछ ।

हाम्रो खुसी र सफलताको बिऊ हाम्रो विचार हो । हाम्रो भावना प्रकृति हो । जल खेतलाई आवश्यक पर्ने सबै मल, पानी, वायु, खनिज लगायतका तत्वहरु उपलब्ध हुन्छन् । हाम्रो शरीर मलिलो खेत हो । यहाँ बिऊ र प्रकृति अनुसार हरेक चिज सप्रिने गर्दछन् । हामीले खेत सित्तैमा पायौं । यसमा हामी आफूले के रोपिरहेछौं भन्ने कहिल्यै बुझ्न सकेनौं । बुझ्न चाहेनौं पनि ।

हामीले सूक्ष्म रुपमा कुन बिऊ रोपिरहेछौं भन्ने ख्याल नै गरेनौं । यसैकारण हाम्रो मष्तिष्कमा अनावश्यक झारहरु अत्यधिक धेरै उम्रिए । जसले गर्दा हामीले हाम्रो चाहना बमोजिमका प्रतिफल (खुसी, सुखी र समृद्धि) पाउन सकेनौं ।

‘यु क्यान विन’का लेखक शिव खेरा भन्छन्, ‘सफल हुने व्यक्तिले फरक काम गर्दैनन्, त्यही कामलाई फरक तरिकाले गर्छन् ।’ अतः हामी पनि आफ्नो काम गर्ने र सोच्ने तौरतरिकामा फरकपना ल्याएर अहिलेकै मेहनतबाट १०औं गुणा बढी प्रतिफल लिन तर्फ जागरुक हुने कि ? हामी यसको लागि विचारलाई दशौं दिशामा छरेर होइन, एकपटकमा एकै ठाउँमा एकत्रित गरेर त्यो उपलब्धि प्राप्तिको लागि आफूलाई तयार बनाउन सक्छौं ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij