२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

ब्यापार घाटा न्यूनिकरणमा मेला

ब्यापार घाटा न्यूनिकरणमा मेला

मुलुकमा निर्यात ब्यापार बढ्दै जानु भनेको मुलुकभित्रको उत्पादनमा हस आइरहेको संकेत हो । उत्पादन खस्कदा अर्थतन्त्रका जुइनाहरु विस्तारै कमजोर हुँदै जान्छन् । उत्पादन न्यून हुँदा त्यस संग सम्वन्धित पक्षहरु रोजगारी, आर्थिक विकास र समुन्नत जस्ता विषयमा प्रत्यक्ष असर पर्न जान्छ । आज हाम्रो देशमा बढ्दै गएको ब्यापार घाटा र उत्पादनमा देखिएको हसले गर्दा समग्र उपभोक्ताहरु विदेशी वस्तुमा निर्भर बन्दै गइरहेको देखिन्छ । नेपालमा एक दशक अघि कूल ग्राह्स्थ उत्पादनको १५.३ प्रतिशत रहेको र ब्यापार घाटा आर्थिक वर्ष ०७२-७३ सम्म आइपुग्दा ७ सय अरव भन्दा बढी भैसकेको साथै आयात निर्यातको अनुपात १.११ पुगेको अवस्था छ । यस्ले के ईंकित गर्दछ भने अव मुलुक सम्पूर्ण बस्तु पर निर्भरतामा आश्रित वन्न लागेको छ ।

नेपालबाट किन अपेक्षित रुपमा निर्यात बढ्न सकेको छैन ? र किन आयात बढिरहेको छ ? भन्ने आधारमै नेपालको ब्यापारको वास्तविकता यकिन गर्न सकिन्छ । वास्तवमा नेपालको निर्यात ब्यापारको आधारनै कमजोर र सानो छ । न्यून मूल्य पर्ने प्राथमिकता र परस्परागत खालका वस्तुहरु निर्यात गरेर मात्र फाइदा हुने अवस्था देखिदैन । आन्तरिक उत्पादनमा उच्च लागत, औद्योगिक श्रम सम्वन्ध, उर्जा संकट, उद्यमशिलताको अभाव, अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धित्मक क्षमताको कमिले गर्दा बजार ब्यवस्थापन साँधुरो हुँदै गएको पाईन्छ । त्यस्तै आयात प्रतिस्थापन गर्दै निर्यातलाई बढाउँदै जाने औद्योगिक क्षेत्रको खस्कदो अवस्था हाम्रो लागि चुनौती बन्न पुगेको छ । निर्यात प्रवद्र्धनको लागि बाणिज्य नीति २०७२ र नेपाल एकिकृत ब्यापार रणनीति २०७३ (संशोधन सहित) कार्यान्वयनमा रहेता पनि यस संग सम्वन्धित जिम्मेवार निकायहरु बीच प्रभावकारी समन्वयको अभावमा उत्पादनमा अपेक्षित सुधार देखिएको छैन ।

बिश्व ब्यापार संगठनहरु साफ्टा, विमस्टेक व्रिक जस्ता ब्यापार संगठनहरु पहुँचको लागि सदस्यता लिएको भएता पनि नेपाली वस्तुको बजार पहुँच र प्रतिस्पर्धामा खास अगाडी बढ्न सकेको देखिदैन । दुई तिहाई ब्यापार हुने भारत र चीन जस्ता छिमेकी मुलुकहरु संग अत्याधिक बढ्दै गएको ब्यापार घाटाले मुलुक परनिर्भर जस्तै बन्न पुगेको छ ।

नेपालले पेट्रोलियम पदार्थ, मेसिनरी पाटर्स, औधोगिकजन्य वस्तुमात्र होइनकी कृषि जन्य वस्तुहरु धान, चामल, तरकारी, फलफूल जस्ता वस्तुहरुमा समेत ठूलो परिमाणमा आयात गर्ने गरेको छ । हाल सम्म वस्तुको माग र आपूर्तिमा सान्जस्य ल्याएको आधार विप्रेषणबाट प्राप्त रकम भएकोछ । यो अवस्था संधै स्थिर र मरपर्दो हुन सक्दैन । त्यसको विकल्पमा आन्तरिक रुपमा वस्तुहरुको उत्पादन, बजारीकरण र आन्तरिक उपभोगमा बृद्धि गर्न सक्नु पर्दछ । स्वदेशी उत्पादनलाई महत्व नदिए सम्म आयात प्रतिस्थापन गर्न सम्भव नहुने हुनाले मुलुक भित्र उत्पादन हुने वस्तुहरुको अधिकतम उपभोग गर्ने बाताबरण स्वफुर्त रुपमा सृजना गर्नु आवश्यक देखिन्छ ।

वर्तमान् अवस्थामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा वस्तुहरुको विस्तार र प्रचार प्रसारको एकसशक्त माध्यम भनेकै ब्यापार मेला महोत्सव तथा एक्स्पोलाई लिन सकिन्छ । स्थानियस्तरमा उत्पादिन वस्तुहरुलाई सहज र सर्वसुलभ तरिकाबाट उपभोक्ता सम्म पु¥याउनको लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा विभिन्न मेला महोत्सव तथा प्रदर्शनिहरु आयोजना गर्ने गरिन्छ । चीन तथा भारतले मेला महोत्सवहरुलाई उच्च प्राथमिकतामा राखेर देशको विभिन्न स्थानहरुमा मेला, महोत्वसव तथा प्रदर्शनिहरुको आयोजना गर्दै आएको पाईन्छ । अन्तरराष्ट्रिय स्तरमा आयोजना गरिने यस्ता मेला, प्रदर्शनिहरुबाट सम्वन्धित मुलुक भित्र उत्पादित वस्तुहरुको ब्यापार, प्रचार प्रसार तथा ब्यापारी ब्यापारीहरु बीच सम्बन्ध स्थापना हुनगै भविष्यमा दुई पक्षिय मुलुकहरु बीच दिगो ब्यापारिक सम्वन्ध स्थापित हुन सक्दछ ।

नेपाल भित्र केन्द्रिय स्तरमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघ, महिला उद्यमी महासंघ जस्ता निकायहरुले समय समयमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा मेला महोत्सवहरु आयोजना गर्दै आइरहेका छन् । नेपाल सरकार बाणिज्य मन्त्रालय अन्तगर्त ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आयोजनामा पनि बिभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय ब्यापार मेलाहरु आयोजना गर्दै आइरहेको छ । नेपाल सरकारले नीजि क्षेत्रको शसक्तिकरण र विकासको लागि यस्ता मेला महोत्सवहरु आयोजना गर्न आर्थिक अनुदान सहयोग समेत प्रदान गर्दै आएको छ । यस्ता मेला महोत्सवहरुबाट सम्वन्धित क्षेत्रमा उत्पादन हुने हस्तकलाका सामानहरु कृषिजन्य वस्तुहरु, जडिवुटीका सामानहरु तथा कला संस्कृति समेत प्रचार प्रसार र प्रवद्र्धन गर्ने लक्ष्य राखिएको हुन्छ । यस्का अतिरिक्र उक्त मेला मार्फत वस्तुहरुको विक्रिी वितरण र आर्थिक विकासमा योगदान पुग्ने अपेक्षा लिइएको हुन्छ ।

आज पूर्व मेची देखि महाकाली सम्मको उद्योग बाणिज्य संग सम्वन्धित संघ संस्थाहरु मेला महोत्सव आयोजन ागर्न तछाड मछाड गरी होडबाजी चलि रहेको अवस्था छ । यसरी आयोजना गरिने प्रत्येक मेलाबाट करिव १ करोड बरावरको कारोवार हुने अपेक्षा गरिएता पनि संस्थागत पारदर्शिताको अभावमा एकिन तथ्याङ्क उपलब्ध हुन सकेको अवस्था छैन । निश्चित रुपमा मेला महोत्सवले त्यस क्षेत्रको आर्थिक विकासमा चलायमान् उताडचडाव ल्याउन मद्दत पुग्दछ । तर हाल तराई तथा पहाडमा संचालित यस्ता मेला महोत्सवहरु मुलतः मनोरञ्जन स्थलको रुपमा विकास हुँदै जानु विडम्वना हो । साथै, स्वदेशी उत्पादनलाई भन्दा विदेशी उत्पादनलाई महत्व दिई आयोजना गरिने यस्ता मेला महोत्वहरुले राष्ट्रिय महत्वका वस्तुहरुलाई ओझेलमा पारेको देखिन्छ ।

विदेशमा आयोजना हुने मेला, प्रदर्शनी तथा एक्स्पोमा नेपाली सामानहरुको गुणस्तर, परिमाणमा समेत कमि आउनाले विदेशी सामानहरुसंग प्रतिष्पर्धात्मक क्षमतामा हस आएको अवस्था छ । नेपाली वस्तुहरुको माग बमोजिम आफूर्ति गर्न नसक्नु र गुणस्तरमा विश्वत पार्न नसक्नुका कारणले गर्दा हाम्रो ब्यापार ओझेलमा परेको पाईन्छ ।

मेला महोत्सवमा भाग लिनु भनेको धुम्न जानुमात्र हो भन्ने परम्परागत सोचले गर्दा नेपालको दिगो ब्यापार स्थापित हुन सकेको अवस्था छैन । त्यसैले हामीले आयोजना गर्ने कुनै पनि स्वदेशी तथा विदेशी मेला महोत्सव र एक्स्पोहरुमा नेपाली वस्तुहरुको पहिचान स्थापित गर्नको लागि सम्वन्धित संघ संस्थाहरु बढि जिम्मेवार र इमान्दार हुनु पर्दछ । नीजि क्षेत्रनै ब्यापारको मूल आधार भएको हुँदा स्वदेशमा उत्पादित वस्तुहरुको पहिचान र बजारीकरणमा विशेष ध्यान दिनु जरुरी छ । मेला महोत्सवलाई फेसनको रुपमा मात्र नलिई राष्ट्रिय पहिचान प्रदशृन गर्ने माध्यमको रुपमा लिन सकेमा मात्र यस्को विशेष महत्व हुन जान्छ ।

देश भित्र आयोजित यस्ता कार्यक्रमहरु गर्दा सम्वन्धित क्षेत्रका संघ,संस्थाहरु बीच समन्वय र सहकार्य गरी समय अनुकूल गर्न सकेमा मात्र मेला महोत्सवको उपादेयता हासिल हुन सक्दछ । एकै समयमा एउटै क्षेत्रमा मेला आयोजना गर्ने, बेमौसममा आफ्नो अनुकूल मेला गर्ने, स्वदेशी भन्दा बिदेशी सामानहरुलाई प्राथमिकता दिने र मेलालाई केवल संस्थागत कमाउ धन्दा मात्र गर्ने हो भने यस्ता मेला महोत्सवहरुको कुनै अर्थ छैन । त्यसैले नेपाली वस्तुहरुको प्रचार प्रसार र विक्री वितरणको लागि आयोजना गरिने खास मेला, महोत्सवहरु समोचित संचालन गर्न सकेमा मात्र स्थानिय उत्पादनमा प्रवद्र्धन र विकास गर्न सहयोग पुग्दछ । आन्तरिक उत्पादिन वस्तुहरुको प्रयोग बढ्न सकेमा मात्र आयात प्रतिस्थापनमा मेला प्रर्दन र महोत्सहरुबाट सहयोग पुग्ने र फलस्वरुप ब्यापार घाटा कम गर्नमा समेत मद्दत पुग्ने हुनाले यस तर्फ सम्बन्धित संघ संस्था र निकायहरुको ध्यान जानु जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij