२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

नाडाका काेषाध्यक्ष मल्ल जनसेवाश्री पदकबाट विभुषित

नाडाका काेषाध्यक्ष मल्ल जनसेवाश्री पदकबाट विभुषित


अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका कोषाध्यक्ष मिलनबाबु मल्ल जनसेवाश्री पदकबाट विभुषित भएका छन् ।

यामाहा मोटरसाइकलको निकैं पुरानो डिलर अटोमोबाइल व्यवसायी मल्ललाई वैशाख १ गते शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले उक्त पदकबाट विभुषित गरेका हुन् ।

राष्ट्रकै गौरवका रुपमा लिइएको जनसेवाश्री पदकबाट विभुषित हुन पाउँदा गौरव महसुस भएको मल्लले बताए ।

सामाजिक तथा व्यावसायिक क्षेत्रमा थप सक्रियतासहित काम गर्ने प्रेरणा मिलेको उनले बताए ।

यामाहा मोटरसाइकलको निकैं पुरानो डिलर अटोमोबाइल व्यवसायी मल्ल लायन्सका इलेक्ट सेकेण्ड भाइस गभर्नर समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij