
काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरुङले बागमती नदीलाई स्वच्छ, सफा र हराभरा बनाउन पहिले आफ्नै मन सफाई गर्नुपर्ने सन्देश दिएकी छिन् ।
उनले बागमती सफा पार्ने काम आसपासमा बस्ने नागरिक लगायत सबैकाे दायित्व हुने बताइन् ।
अधिकार सम्पन्न बागमतीसभ्यता एकीकृत विकास समितिको २९ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री गुरुङले वाग्मतीमा जथाभावी फोहोर बिसर्जन गर्ने अभ्यासलाई रोक्नुपर्ने बताएकी हुन् ।
बागमतीसफाई गर्न, स्वच्छ पार्न अभियान थालेको २८ वर्ष बितिसक्दा पनि सफा हुन नसकेकाे भन्दै उनले उक्त कार्यकाे लागि सफाई अभियान मात्र प्रयाप्त नभएकाे र मनै देखि शुद्धिकरण आवश्यक रहेकाे बताइन् । बाग्मतीमा फोहोर फ्याँक्ने चलनलाई रोक्न नसक्दा याे अवस्था सृजना भएकाे उनले बताइन् ।
मन्त्री गुरुङले बागमती सभ्यता विकास थालनीको २९ औँ वर्ष लागेको भन्दै अबको वर्षलाई परिणाम देखाउने वर्ष बनाउन आग्रह गरिन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij